Comments Add Comment

प्रतिक्रियावादीले नेता नेताको झगडा लगाए : प्रचण्ड

३२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुले नेता नेताको झगडा गराएको दाबी गरेका छन् । उनले मिलाउने भूमिका खेल्न नेताहरुलाई आग्रह समेत गरे ।

मंगलबार ललितपुर जिल्ला कमिटीको पूर्णबैठकलाई सम्बोधन गर्दै नकेपा अध्यक्ष प्रचण्डले प्रतिक्रियावदीहरुले नेता नेतामा झगडा लगाउने गरेको बताए । उनले भने, प्रतिक्रियावादीहरु फुटाउन सिफालु छन्, हामी जुटाउन सिपालु हुनुपर्छ ।’

दुश्मनका कारण नभई आफ्नो कमजोरी, अहंकार र व्यक्तिवादी चिन्तनका कारण कम्युनिस्ट पार्टीहरु असफल भएको विश्व इतिहास रहेको भन्दै उनले उनले भने, ‘एकअर्कालाई निषेध गर्ने प्रवृत्ति नै हाम्रो काल हुने गरेको छ ।’

पार्टी एकता गर्ने घोषणासँगै प्रतिक्रियावादीहरुको चलखेल सुरु भएको भन्दै उनले अघि भने, ‘विभिन्न खालका प्रलोभन र धम्की, घेराबन्दी नभएका होइनन् । त्यो सबैलाई पार गरेर प्रतिवद्धता अनुसार नै हामीले एकता घोषणा गर्‍यौं ।’

उनले पार्टी एकताका बाँकी काम आजै साँझ टुंगो लागाउने प्रयास भइरहेको बताए ।

असार मसान्तसम्म पार्टी एकताका सबै काम सक्ने घोषणा पुरा गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल भइरहेको भन्दै उनले भने, ‘मुलभूत रुपमा सबै हामीले टुंग्याउँछौं । अब खाली ठाउँ भर्न मात्र बाँकी छ ।’

केन्द्रीय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे भएको सहमतिलाई छिट्टै सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसेर अनुमोदन गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment