+
+
Shares

कुलोमा डुबेर एक बालिकाको मृत्यु, अर्की बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३१ गते १९:१६

३१ असार, काठमाडौं । मोरङको सुनवर्षी २ मा कुलो (पैनी) मा डुबेर १ बालिकाको मृत्यु भएको छ, एक जना वेपत्ता भएकी छन् ।

इलाम घर भएकी ७ वर्षीय कृति तामाङको मृत्यु भएको हो भने ११ वर्षकी सिर्जना तामाङ बेपत्ता भएकी छन् । उनीहरु दिदीबहिनी हुन् ।

हराएकी बालिकाको खोजी भइरहेको अमरदह प्रहरीचौकीका इन्चार्ज सुरेन्द्र थापाले जानकारी दिए । दुवैजना स्कुल छुट्टीको समयमा सुनवर्षी २ बाहुनडोवमा मामाघर आएका थिए ।

मध्यान्न १२ बजे मामाघरदेखि अमरदह जान साइकलमा हिँडेका दिदीबहिनी बाटोमा पर्ने कुलोमा साइकल चिप्लिएर खसेका थिए । लगातारको वर्षाका कारण कुलोमा अत्याधिक पानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?