Comments Add Comment

कामकाजी भर्सेस गृहिणीः कस्ता महिला चाहन्छन् पुरुष ?

केही दशक अघिसम्म महिलाहरु केवल गृहिणीको रुपमा मात्र परिचित थिए । उनीहरुलाई  घरको चार कुना बाहेक संसारको बारेमा कुनै ज्ञान तथा जानकारी हुँदैन थियो । उनीहरुको काम भनेको नै खाना बनाउने, घर सफा गर्ने, आफ्नो घर-परिवारको ध्यान दिने बाहेक अरु केही काम नै हुँदैन थियो

तर, आज समय परिर्वतन भएको छ । आज महिलाहरु पुरुषको दाँजोमा कुनै पनि कुरामा कम छैनन् । महिलाहरु नपुगेका ठाउँ र महिलाहरुले नगरेका त्यस्ता कुनै काम नै छैनन् । अझ कति कुरामा त महिलाले पुरुषलाई पछि पनि पारीसकेका छन् ।

तर आज पनि कतिपय पुरुषहरु महिला घरको चार कुनामा सिमित भएको हेर्न चाहान्छन् । यस्ता पुरुषहरु महिलाले घरको नै काम गरेर बस्नु पर्छ भन्ने सोचाईले ग्रस्त हुन्छन् । त्यस्तै यहि समाजमा महिला पनि बाहिरको काम गर्न योग्य छन्, उनीहरुले पनि बाहिरी काम गर्नु पर्छ भन्ने मानसिकता भएका पुरुषहरु पनि छन् ।

एउटी महिला जो घरको चुल्हो सम्हाल्ने कि अफिसको फाइल, घरमा छोराछोरीको  रेखदेख गर्ने कि कम्पनीको मिटिङमा व्यस्त रहने ? आजका पुरुषहरु कस्तो प्रकारको श्रीमती चाहान्छन् ? यो कुरा अहिले चर्चाको बिषय बनेको छ ।

दुबैले काम गर्न आवश्यक

अहिले केहि पुरुषहरुको सोचाइमा आर्थिक बोझका कारण एक जनाको कमाइले मात्र पुरा परिवारको खर्च उठाउन गाहो छ । जसका कारण महिलाले पनि पुरुषलाई आर्थिक रुपले सहयोग गर्नु आवश्यक भएको छ । तर महिलाले आफ्नो घर परिवारलाई समय दिन पनि उत्तिकै आवश्यक छ । यी दुबै कुरालई मिलाएर अघि बढाउन महिलालाई धेरै नै गाह्रो हुन्छ । आर्थिक हिसाबले हेर्ने हो भने महिलाले कामकाजी हुनु आवश्यक छ तर घरपरिवारलाई मिलाएर राख्नका लागि महिला घरमा नै भएको राम्रँ हो ।

त्यस्तै कति पुरुषहरु आफ्नी श्रीमती कामकाजी हुँदा आफै चिया पकाउनु परेको दुःखेसो पनि गर्छन् । जब पुुरुष अफिसबाट घर पुग्छन्, घरमा हँसिलो मुहार लिएर ढोकामा श्रीमतीको मायालु स्वागत होस् भन्ने चाहान्छन् । श्रीमतीले बनाएको मिठो चियाको चुस्किमा दिनभरको थकान मेटाउन खोज्छन् । तर अफिसबाट घर पुग्दा घरको ढोका पनि आफैले खोल्न पर्ने र चिया पनि आफैंले बनाउन पर्ने समस्याका कारण महिला घरमा नै ठिक छ भन्ने पुरुषको पनि कमि छैन ।

त्यसो त आवश्यक छैन भने महिलाहरु घरमा नै भएको राम्रँे भन्ने पुरुषहरु पनि नभएका होइनन्, जसको नजरमा महिलाहरु गृहिणिमात्र हुनु पनि सम्मानको कुरा हो भन्ने रहेको छ । त्यस्ता पुरुषहरुको विचारमा यदि महिलालाई आवश्यक छैन भने बाहिरी कामकाजमा व्यस्त नभएको राम्रो भन्ने छ ।

सबैभन्दा महत्वपुर्ण कुरा के हो भने पुरुष र महिलाबीच सन्तुलन हुनुपर्छ । यसका लागि महिला समझदार हुनु आवश्यक छ । जुन महिला घरको कामकाजमा व्यस्त रहन्छिन्, उसले बाहिरको काम नपाएर अथवा गर्न अयोग्य भएर होइन भन्ने कुरा महिलाले बुझ्न आवश्यक छ । त्यस्ता महिलाले आफुमा गर्व गर्नु पर्छ, जसले बाहिरी कामकाज गर्न योग्य हुँदाहुँदै पनि घर परिवारको रेखदेखमा आफुलाई व्यस्त राख्छिन्  । यस्ता पुरुषहरु गृहिणिले गरेको कामप्रति सम्मान गर्छन् ।

पुरुषहरुको महिलाप्रति आ-आफ्नै विचारहरु हुन्छन् । धेरैजसो पुरुषहरुलाई महिलाले घरपरिवारको रेखदेख गरोस् भन्ने चाहाना हुन्छ ।

प्रायः पुरुषको विचारमा महिला घरबाट बाहिर निस्किएपछि घरको सबै व्यवस्था बिग्रन थाल्छ भन्ने रहेको छ । एउटी महिलाले घरको रेखदेख जुन तरिकाले गर्छिन्, त्यो अरु कसैले गर्न सक्दैन भन्ने सोचाइका पुरुष पनि छन् । समाज र घरमा एउटा महिलाको भुमिका महत्वपुर्ण हुन्छ ।

त्यस्तै समाजमा त्यस्ता पुरुष पनि छन्, जसले महिलाको इच्छालाई पनि महत्व दिएका छन् । ती पुरुषहरु महिलामा आएको परिवर्तनलाई नकारात्मक रुपमा लिनु हुँदैन भन्ने सोच राख्दछन् ।

उनीहरुको विचारमा यो एउटा राम्रो सोच हो । हाम्रो सामाजिक व्यवस्था शुरु देखि नै पुरुष प्रधान रहिआएको छ । जसलाई परिर्वतन गर्न आवश्यक छ । समयसंगै आफ्नो सोच परिर्वतन गर्नु आवश्यक छ । महिलाको पनि आफ्नो जिन्दगी छ, उनीहरुको आफ्नो करियर, आफ्ना सपना छन् । केवल आफने खुशी र सुखका लागि लागि महिलाहरुको सपनालाई बेवास्ता गर्नु राम्रो होइन । महिला बाहिर निस्कनु पर्छ, बाहिरी दुनियाँमा रमाउनु पर्छ भन्ने धारणा पनि कति पुरुषको छ । महिलाले आफ्नो  योग्यताको उपयोग गर्न पाउनु पर्छ भनेर आफ्ना घरका महिलालाई बाहिरी दुनियाँमा लैजाने पुरुषहरु पनि यो समाजमा छन् ।

महिलामा आएको परिवर्तनलाई स्वागत गर्नु पर्छ भन्ने धारणा भएका पुरुषहरु पनि छन् । तपाई दिन भर बाहिरी कामले व्यस्त रहनु हुन्छ । यदि त्यस्तो स्थितीमा तपाईको श्रीमतीलाई बैंक, इन्टरनेट आदि बाहिरी कामको बारेमा ज्ञान छ भने यसले तपाईको पनि धेरै काममा सहयोग हन्छ । महिला बाहिरि दुनियामा घुलमिल हुँदा उनलाई पनि हरेक प्रकारका व्यवहारिक ज्ञान बढ्न थाल्छ । आजको दुनियामा महिला पनि पुरुष सरह नै शिक्षँ प्राप्त गरेका हुन्छन् । महिलालाई घरको काममा मात्र व्यस्त राख्नु मुर्खता हुन्छ । समाजमा आएको यस परिवर्तनलाई स्वागत गर्नु पर्छ भन्ने धारणा पनि पुरुषको रहेको छ ।

कति पुरुषको धारणा महिलाले रचनात्मक कार्य गरोस् भन्ने रहेको छ । घरमा बसेर अनावश्यक कुरामा समय खेर फाल्नु भन्दा केहि राम्रो कामको लागि घर बाहिर निस्कनु र केहि रचनात्मक काम गर्नु महिलाहरुका लागि उत्तम हुन्छ । यसका लागि पुरुषले पनि महिलाको घरको काममा सहयोग गर्नु पर्छ भन्ने सहयोगी भावानाका पुरुष पनि समाजमा रहेका छन् ।

समाजको प्रगतिमा महिलाको भुमिका महत्वपुुर्ण रहेको छ । यो कुरालाई नकार्न सकिँदैन कि महिला पुरुष एक-अर्काको पुरक हुन । महिलाको जीवनमा आएको परिर्वतनले समाजमा परिर्वतन ल्याउछ । पछिल्लो केही समयमा महिलामा आएको परिर्वतनले समाजमा धेरै परिर्वतन आएको छ । हाम्रो संयुक्त परिवार एकल भएको छ । जसका कारण परिवारको सदस्य पनि कम भएका छन् । साथै पुरुषमा आर्थिक भार बढेको छ भने महिलामा बालबाच्चाको रेखदेख, श्रीमान् र घरको जिम्मेबारीहरु पनि बढेका छन् । इच्छा नहुँदा नहुँदै पनि कति महिलाले बाहिर काम गर्न जानु पर्ने बाध्यता हुन्छ । घरको र बाहिरी जिम्मबारीका कारण महिलाहरुमा चिडचिडापन आउन सक्छ । जसले घर र समाजको सन्तुलन बिग्रन सक्छ । यस्तो स्थितीमा पुरुषले महिलालाई सहयोग गर्ने साथ दिने हुँदा महिलाको केहि भार कम हुन्छ ।

तर जब कुनै महिला फेशन, अरुको देखासिखि र झुठो प्रतिस्पर्धा अथवा मान-सम्मानको लागि घार बाहिर काम गर्न जान्छन् । त्यो क्षण महिलाको व्यक्तित्वको लागि अति नै हानिकारक हुन सक्छ । समाज महिला र पुरुष दुवैको काँधमा टिकेको छ । त्यसैले महिला पुरुषले नै समझदारीका साथ अगाडी बढ्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment