+
+
Shares

‘समता’ र ‘मञ्जरी’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १ गते ११:०५

काठमाडौं । साहित्यकार तुलसीप्रसाद भट्टराईको ‘समता’ खण्डकाव्य र गजल संग्रह ‘मञ्जरी’ मंगलबार एकैसाथ लोकार्पण भएको छ ।

समता खण्डकाव्य विभिन्न धार्मिकशास्त्र, समाजशास्त्र र प्रचलित कानूनका पुस्तकहरुको स्वअध्ययनपछि छन्दबद्ध रुपमा तयार पारिएको छ । झापामा बसेर साहित्य सिर्जनामा तल्लिन भट्टराईले ‘समता’मा छुवाछूतलाई अपराधको रुपमा उल्लेख गरेका छन् ।

गजल ‘मञ्जरी’मा सामाजिक कुसंस्कार, राजनीतिक विचलनलगायतसँग सम्बन्धित ५८ वटा गजल समावेश छन् ।

यी दुवै कृति मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वमन्त्री जितु गौतम, साहित्यकारहरु डम्बर पहाडी, तिलकप्रसाद लुईंटेल, रमेश शुभेच्छुक, श्याम केसी, कल्पना काफ्लेलगायतले संयुक्त रुपमा लोकार्पण गरे ।

कार्यक्रममा कुलपति उप्रेतीले बजारमा धेरै कृति आइरहे पनि ‘मञ्जरी’ र ‘समता’ नामक खण्डकाब्यले सिंगो समाजको प्रतिनिधित्व गर्ने बताए । उनले ‘समता’ नामक खण्डकाब्यले हिन्दु धर्मले कथित दलित जातिलाई होच्याइरहने परम्परा गलत भएको पुष्टि गर्ने बताए ।

समालोचना गर्दै साहित्यकार तिलकप्रसाद उप्रेतीले यी कृतिमा सारा नेपालीले पढ्नै पर्ने ज्ञानको भण्डार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?