+
+
Shares

दूतावासको आयोजनामा म्याड्रिडमा लगानी सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १ गते १५:०२

बार्सिलोना। नेपाल सरकारले स्थापना गरेको पछिल्लो कुटनीतिक नियोग नेपाली राजदूताबास म्याड्रिडले लगानी सम्मेलन सम्पन्न गरेको छ। सोमबार स्पेनको राजधानी म्याड्रिडमा स्पेनिश ब्यबसायीहरुको उपस्थितिमा नेपालमा लगानी गर्न प्रेरित गरेको हो।

दूतावासका कार्यबाहक राजदूत हरिहर कान्त पौडेलले सम्मेलनलाई सम्बोधन गर्दै नेपाल उचित गन्तब्य रहेको बताउँदै ब्यबसायी तथा कम्पनीहरुलाई नेपालमा लगानी गर्न अनुरोध गरे। ‘नेपाल अ सेफ प्लेस आफ ईनभेष्टमेन्ट’ नाम दिईएको उक्त कार्यक्रममा नेपाल सरकारका तर्फबाट मुख्य बक्ताका रुपमा लगानी वोर्ड नेपालका सिनियर डिभिजनल इन्जिनियर सुनिल पौडेलले प्रस्तुति राखे। उनले लगानी गर्नका लागि नेपालको मौजूदा नियम र कानूनका (एक्जिस्टीङ्र रुल्स एण्ड रेगुलेसन) बारे पनि ब्यबसायीहरुलाई जानकारी गराएका थिए।

हाइड्रो सेक्टर, कृषी क्षेत्र, यातायात तथा भौतिक पूर्वाधार निर्माण क्षेत्रमा काम गरिरहेका स्पेनिश कम्पनीहरुलाई उपस्थिति रहेको उक्त सम्मेलनमा यिनै क्षेत्रगत बिषयहरुलाई केन्द्रित बनाएर नेपालमा लगानी गर्न आह्ववान गरेको दूताबासले जनाएको छ। यस्तै लगानी बोर्ड नेपालका प्रतिनिधिको उपस्थितिमा मंगलबार म्याड्रिड च्याम्बर अफ कमर्शका प्रतिनिधिसँग पनि छलफल भएको छ।

यसअघि दूताबासले लगानी सम्मेलनको पूर्वसन्ध्यामा मार्च ५ तारिख पनि ‘बिजनेस एण्ड ईनभेष्टमेन्ट अपरच्युनिटी इन नेपाल’ नामक सेमिनार सम्पन्न गरेको थियो। सरकारीस्तरबाट पहिलोपटक स्पेनमा गरिएको उक्त कार्यक्रममा स्पेनका ४० भन्दा वढि उद्योगी /लगानीकर्ताहरुले सहभागिता जनाएका थिए।

कार्यक्रमपछि ७ जना स्पेनिश लगानीकर्ताहरुले समिटमा नेपाल पुगेर भाग लिएको दूतावासले जनाएको छ। नेपालको लगानी प्रर्वद्दन गर्ने र सम्भावित लगानीकर्तालाई नेपाल जान प्रोत्साहन गर्न पुन: दूतावासले कार्यक्रम गरेको कार्यबाहक राजदूत पौडेल बताउँछन्।

भम्रणबर्ष २०२० मा ३५ हजार स्पेनिश पठाउने लक्ष्य : कार्यबाहक राजदूत

सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० मा स्पेनबाट मात्रै ३५ हजार पर्यटकहरु पठाउने गरी अभियान चलाएको कार्यबाहक राजदूत पौडेलले दाबी गरेका छन्। अनलाईनखबरसँग कुराकानी गर्दै उनले पर्यटन प्रवद्वनको अभियानमा दूताबास सक्रियतापूर्वक लागेको बताए।

कार्यबाहक राजदूत पौडेलले भने, ‘यसअघि टुर्स एण्ड ट्राभल्स कम्पनीहरुलाई दूतावासमै बोलाएर अन्तक्रिया कार्यक्रम पनि गर्यौ। यस्तै १०० जनाको उपस्थितिमा ‘नेपाल ईभिनिङ् -२०१९’ को कार्यक्रम पनि सफलता पूर्वक सम्पन्न भयो। विश्वविख्यात पर्वतारोही कार्लोस सोरियाले पनि प्रस्तुतिकरण राख्दै नेपाल घुम्न र पुग्न प्रेरित गर्नुभयो। भ्रमणबर्षलाई सफल पार्न अभियानलाई अझै तिब्र बनाउने छौ।’

स्पेनको पर्यटकीय शहर बार्सिलोनामा पनि नेपालबारे जानकारी गराउने उद्देश्यले त्यहाँको स्थानीय कातालान भाषामा नै ब्रोसरहरु छपाई गर्ने काम अगाडि बढाएको दूताबासले जनाएको छ। दूतावासले अभियानमा सक्रिय रहेको दाबी गरेपनि खुल्लास्थानमा नेपाल झल्कने पर्यटन प्रवद्वनका लागि हालसम्म कुनै कार्यक्रम गर्न भने सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?