+
+
Shares

बाढी पहिरोबारे राष्ट्रियसभामा सार्वजनिक महत्वको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १ गते १५:५०

१ साउन, काठमाडौं । बाढी, पहिरो र डुवानको प्रभावत र उद्दार तथा राहतबारे छलफल गर्न राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

बुधबार नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले उक्त प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा राजपा सांसद वृषेशचन्द्र लाल र कांग्रेस सांसद बद्री पाण्डेले समर्थन जनाएका छन् ।

वर्षाको कारण मुलुकका विभिन्न भागमा धेरै संख्यामा मानिसको मृत्यु भएको, घाइते र वेपत्ता भएका, सर्वसाधारणको घरवास, खेतबारी बगाई हजारौं विस्थापित भएका, धेरै राजमार्ग अवरुद्ध भएको, विद्युत सेवा रोकिएको, खानेपानीको अभाव भएको, विद्यालय क्षतिग्रस्त भएका, स्वास्थ्य उपचार, उद्धार तथा राहतको काम कारवाही सम्बन्धमा सदनले जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने भन्दै प्रस्ताव दर्ता गरिएको छ ।

वर्षाबाट मुलुकभरी भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालीन उचित राहत दिनुपर्ने भएकोले प्रस्ताव दर्ता गरिएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?