Comments Add Comment

भेइकल ट्रयाकिङ सिष्टम तत्काल लागू नगर्न व्यवसायीकाे आग्रह

काठमाडौं । भेइकल ट्रयाकिङ सिस्टम तत्काल अनिवार्य नगर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले आग्रह गरेको छ । नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसनधान विभागले शुरु गरेको भेइकल ट्रयाकिङ सिस्टम एक वर्षलाई परीक्षणको रुपमा लागु गर्नु पर्ने माग गरेको महासंघले माग गरेकाे छ ।

महासंघले यस अघि पनि विज्ञप्ती जारी गर्दै केहि समय परीक्षणको रुपमा काम गर्नु पर्ने बताएको थियो । आफ्नो माग सुनुवाई नभए पछि महासंघले शुक्रबार विशाल प्रदर्शन समेत गर्ने भएको छ । बिहीबार बसेको महासंघको कार्यसमिति बैठकले शुक्रबार न्यरोडको भूगोल पार्कमा व्यवसायीहरुको विशाल भेला गर्ने निर्णय गरेको हो ।

तत्कालै लागू गर्दा साना व्यवसायीहरु समस्यामा पर्ने भन्दै महासंघले तत्कालै यस्तो लागू नगर्न आग्रह गरेको हो ।

देशभित्र मालवस्तुको आन्तरिक ओसारपसारको निगरानी अब अनलाइन प्रणालीबाट गर्ने गरी राजश्व अनुसनधान विभागले उक्त सिष्टम ल्याएको हो । बुधबार प्रधानमन्त्री तथा मिन्त्रपरिषद्को कायाृलयमा एक कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले सिस्टमको उद्घाटन समेत गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment