Comments Add Comment

मोरङको दुर्घटनामा २ जनाको मृत्यु, २१ जना घाइते

२ साउन, काठमाडाैं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीमाशनिश्चरे-१० मा बस र तरकारी बोकेको भ्यान आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

दुर्घटनामा एकजनाको घटनास्थल र एकजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

घटनास्थलमै मृत्यु भएका बसमा सवार पुरूषको सनाखत भएको छैन । उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएका व्यक्ति भने कानेपोखरी गाउँपालिका-३ बस्ने बसका सहचालक टिकाराम थापा रहेको प्रहरीले पुषटि गरेको छ ।

कानेपोखरीबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको यात्रु बस र विपरीत दिशाबाट आएको मे१त ५३९१ नम्बरको भ्यान आपसमा जुधेको थियत्त । घटनास्थलबाट ३ जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो ।

घाइतेहरु मध्ये ८ जनाको पथरी अस्पताल, ८ जनाको पथरी मोरङ डाइनास्टिक, ७ जनाको नोबेल र ५ जनाको न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment