Comments Add Comment

सिके राउतको जीवनीमा फिल्म बन्ने

मधेसका नेता डाक्टर सिके राउतको जीवनीमा चलचित्र बन्ने भएको छ । ‘डाक्टर सिके राउत दि प्यासन’ नाममा चलचित्र बन्न लागेको हो । यो चलचित्रमा ५० प्रतिशत राउतको जीवनमा आधारित कथा र ५० प्रतिशत फिल्मी कथामा चलचित्र बन्नेछ । यो चलचित्रलाई आउँदो छठ पर्वमा रिलिज गर्ने तयारी गरिएको काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विजेता गिरीको प्रस्तुति रहने यो चलचित्रलाई राधिका इन्टरनेशनल मुभिजले निर्माण गर्दैछ ।

कार्यक्रममा उपस्थित भएका सिके राउतले भने–‘डेढ महिनाअघि मलाई चलचित्रको टिमले भेट्न खोज्दा मलाई विश्वास लागेको थिएनँ । तर, चलचित्रको निर्माणप्रति टिमको जोश देखेपछि म पनि सकारात्मक भएको हुँ ।’ बाबुको लगानीमा बन्ने चलचित्रलाई सन्तोष शाहले निर्देशन गर्दैछन् । भोजपुरी चलचित्रका सफल कलाकार परदेशी शाहले सिके राउतको भूमिका निर्वाहा गर्नेछन् ।

चलचित्रमा ध्रुव कोइराला, पुकार भट्टराई, विशाल पहाडी, किरण थापा लगायतको अभिनय रहनेछ । चलचित्रमा पवन गौतमको छायांकन, रेवन्त विक्रम थापाको एक्सन, रामजी लामिछाने र लिगेश भट्टराइको कोरियोग्राफी रहनेछ । चलचित्रलाई करिब डेढ करोडमा निर्माण गर्ने पत्रकार सम्मेलनमा बताइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment