+
+
Shares

काठमाडाैं महानगरका प्रशासन प्रमुख कार्की मन्त्रालयमा तानिए

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २ गते १७:१३

२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ । कार्की भने मन्त्रालयमा हाजिर हुन जान मानेका छैनन् ।

लामो समयदेखि महानगरमा रहेका कार्की पछिल्लो पटक खुलामञ्चको जग्गामा टहरा बनाएर भाडामा दिन नक्कली कागज बनाउनेदेखि बसपार्कको टावर ठेक्कामा समेत जोडिएका थिए । कार्कीकै कारण मेयर समेत विवादमा पर्ने गरेको भन्दै नेकपाकै नेताहरुले कारवाहीको दबाव दिएका थिए ।

३१ असारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई पत्र लेखी कार्कीलाई अर्को निर्णय नभएसम्मका लागि मन्त्रालयमा हाजिर हुन पठाउन पत्राचार गरेको थियो ।

भोलिपल्टै अर्थात साउन १ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले कार्कीलाई मन्त्रालयमा हाजिर हुन जान तोक लगाए । कार्की भने कर्मचारीहरुमा लबिङ गरेका छन् ।

कांग्रेस निकट स्थानीय तह कर्मचारी युनियनको एउटा समूहले कार्कीलाई मन्त्रालयमा तानिए आन्दोलन गर्ने चेतावनी दिएको छ । युनियनका महानगर कमिटी अध्यक्ष कृष्ण सोती एक लाख सात हजार घुससहित दुई दिनअघि पक्राउ परेकाले युनियनका अर्का नेता हरि कुँवरले आन्दोलनको चेतावनी दिएका छन् ।

सत्तारुढ नेकपासम्बद्ध कर्मचारी युनियनले भने कार्की बिभिन्न अनियमिततामा संलग्न रहेकाले छानविनका लागि मन्त्रालय तानिएको हुनसक्ने भन्दै हाजिर हुन जानुपर्ने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?