+
+

कालीमाटी र बल्खुको तरकारी बजारमा विभागको अनुगमन, दर्जन बढीलाई कारबाही सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३ गते ८:०९
Photo Credit : कालीमाटी तरकारी तथा फलफूल बजार अनुगमन गर्दै विभागको टोली ।

३ साउन, काठमाडौं । बल्खु र कालीमाटीको तरकारी तथा फलफूल बजारमा वाणिज्य विभागले आकस्मिक अनुगमन गरेको छ । शुक्रबार बिहान ३ बजेदेखि अनुगमन गरिरहेको विभागले हालसम्म दर्जन बढी पसलमाथि कारबाही सिफारिस गरेको छ ।

तरकारीको मूल्य अस्वभाविक रुपमा बढाइएको गुनासोपछि बल्खु र कालीमाटीको बजार अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले अनलाइनखबरलाई जानकारी दिए ।

अनुगमनका क्रममा कालिमाटीका ७ र बल्खुका ८ गरी १५ वटा तरकारी पसललाई अनुगमन टोलीले कारबाही सिफारिस गरेको छ । बिलबिजकबिनै कारोबार गरेको तथा बिचौलियको काम गरेको भेटिएपछि टोलीले कारबाही सिफारिस गरेको हो ।

किसानसँग तरकारी खरिद गरेको बिल बिजकबिनै बजारमा तरकारी तथा फलफूलको बिक्री वितरण भइरहेकाले कति मूल्य बढाइएको हो भन्ने यकिन गर्नै नसकिएको अनुगमनमा खटिएका विभागका कर्मचारी शोभाकर रेग्मीले बताए ।

बाढी र पहिरोलाई कारण देखाउँदै पछिल्लो केही दिनदेखि तरकारी तथा फलफूलको मूल्य एक्कासि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?