+
+
Shares

केन्याको डान्स बारबाट उद्धार गरिएका १२ युवती काठमाडौं ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३ गते १२:२७

३ साउन, काठमाडौं । केन्याको डान्स बारबाट उद्दार गरिएका १२ जना नेपाली युवतीलाई काठमाडौं ल्याइएको छ । बिहीबार साँझ केन्याबाट उनीहरुलाई हवाई मार्ग हुँदै नेपाल ल्याइएको हो ।

नेपाल प्रहरीको मानव बेचविखनविरुद्ध काम गर्ने ब्युरो स्रोतका अनुसार केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका थिए । त्यहाँबाट अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले उनीहरुलाई नेपाल ल्याएको थियो ।

ब्युरोका एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘हामीले थप फलोअपका लागि उहाँहरुसँग सोधपुछ गरिरहेका छौं ।’ यद्यपि, अहिलेसम्म उद्दार गरिएकाले आफू खुशी केन्या गएको बयान दिएका छन् ।

उद्दार गरिएका मध्ये अधिकांशले केन्यामा आफूले शारीरिक वा मानसिक यातना नपाएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?