
३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको लिोत्तमा नगरपालिकास्थित बुद्धका मूर्तिहरु तोडफोड गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
राप्रपाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी मूर्तिमाथिको आक्रमण लज्जास्पद, निन्दनीय र घृणित कार्य भएको भन्दै दोषी पत्ता लगाइ कारबाही गर्न माग गरेको हो ।
घटनाले स्तब्ध बनाएको भन्दै राप्रपाले सामाजिक, सांस्कृतिक सद्भाव भड्काउनेलाई कानूनअनुसार कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
बुधबार राति अज्ञात समूहले मूर्ति तोडफोड गरेको थियो । तर, अहिलेसम्म कसले किन तोडफोड गरेको हो भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4