Comments Add Comment

कृष्टिना बनिन् लिटिल एशिया प्यासिफिक प्रिन्सेस

३ साउन, काठमाडौं । सिंगापुरमा सम्पन्न लिटिल एशिया प्यासिफिक प्रिन्सेस २०१९ को उपाधि नेपालकी ११ वर्षीया बालिका कृष्टिना खड्काले जितेकी छन् । ३९ देशका करिब २ सय प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

उक्त प्रतियोगितामा प्रत्येक देशबाट पाँच जनासम्मले भाग लिन पाउने प्रावधानअनुसार नेपालबाट यान्सु श्रेष्ठ, सुखी प्रधान, कृष्टिना खड्का, स्टेला शाह र मिनाल केसीले भाग लिएका थिए । एशिया प्यासिफिक ब्युटी, फेसन एण्ड  फ्रेन्डशीप फेस्टिभल नाममा पाँच दिनसम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो ।

कृष्टीसँगै ८ वर्षीया स्टेला शाहले मिनी एशिया प्यासिफिक पि्रन्सेस् २०१९ को अवार्ड जितिन् । यसैगरी ११ वर्षीया यांशु श्रेष्ठले पि्रटिन समूहमा फस्ट रनर अप तथा वेष्ट पर्सनालिटी र वेष्ट इन बीच स्वीम वेयर जित्न सफल भइन् । ८ वषिर्या मिनाल केसीले वेस्ट स्माइल अवार्ड प्राप्त गरिन् भने ९ वषिर्या सुखी प्रधानले वेस्ट पार्टी वेयरको अवार्ड जितिन् । उनी ट्यालेन्ट पर्फमेन्सतर्फ दोस्रो स्थानमा रहन सफल भइन् ।

सो प्रतियोगितामा सहभागि हुनुपूर्व सबै सहभागीहरुले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता सम्बन्धी अभिमूखीकरण र प्रशिक्षण प्राप्त गरेका थिए । यी पाँचै जना नेपाली प्रतिनिधिहरु ‘इन्टरनेसनल किड्स अफ इयर’ का लागि नेपालको आधिकारिक संस्था इभेन्ट बेटर ग्यालेक्सीको संयोजन र व्यवस्थापनमा सिंगापुर गएका थिए ।

विजेताहरुलाई भोली राजधानीमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment