
४ साउन, काठमाडौं । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियरसहित ३ जना कर्मचारी घुस लिएको रकमसहित समातिएका छन् ।
अख्तियार दरुपयोग अनुसन्धान आयोगको टोलीले सिनियर डिभिजन इन्जिनियरप्रकाश अधिकारी, जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साह र सवारी चालक सुमन खड्का शंकास्पद नगदसहित नियन्त्रणमा लिएको हो ।
विभिन्न उपभोक्ता समितिहरु तथा अन्य कम्पनीहरूसँग घुस रकम लिएर बा १ झ ५२८० नम्बरको सरकारी गाडिमा काठमाडौं आउँदै गरेको भन्ने सुचनाको आधारमा आयोगको गाडी खानतलासी गरको थियो ।
भक्तपुरको जगातीमा गाडी रोकेर छापा मार्दा सिनियर डिभिजन इन्जिनियर अधिकारीको साथबाट १३ लाख ८ हजार ५ सय र सोही गाडिमा रहेका इन्जिनियर साहको साथबाट १ लाख २९ एक सय पाँच शंकास्पद नगद फेला परेका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
उनीहरुसँगै सवारी चालक सुमन खड्कालाई बा १ झ ५२८० नम्बरको टोयोटा हाईलक्स गाडीसहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको उनले बताए ।
प्रतिक्रिया 4