Comments Add Comment

मधेसको स्वाद दिँदै पाथीभरा पुग्दा …

काठमाडौं । यसपाली हामी नेपालको पूर्वी भाग जाँदैछौं । पूर्वको मधेस र तराई छेत्र हुँदै हामी पहाडी भेगमा पर्ने इलामको चियाबगान र हिमाली भेगमा पर्ने पाथीभरा देवीसम्म यात्रामा जाँदैछौं ।

काठमाडौंबाट छोटो र सहज हुनाले हामीले सिन्धुली-बर्दिबासको बाटो रोज्यौं । यो बाटोमा सुनकोशी नदी धेरै बेरसम्म हाम्रो साथमा रह्यो । खुर्कोटबाट उकालो लागेपछि सिन्धुलीगढीसम्म पुग्ने घुमउरो पहाडको बाटो सुरु भयो ।

त्यसपछि बर्दिबास हुँदै मधेस प्रवेश भयो । मधेसमा छुट्टै किसिमको जनजीवन छ । हामी केहीबेर त्यहाँको माहोलमा भिज्यौं । बाटोमा स्थानीय खानेकुरा खाँदै, त्यहाँका मानिसहरुसँग रमाइलो गर्दै यात्रा गर्न छुट्टै मजा हुन्छ । पहिलो दिन धेरै अनुभवहरु बटुलेर हामी लहान बस्यौं ।

दोस्रो दिन पूर्व जाँदा छुटाउनै नहुने ठाउँ बाजेको पेडा पसल पुग्यौं । त्यहाँबाट १०-१५ मिनटमै कोशी ब्यारेज पुगिनेरहेछ । आजको यात्रा निकै लामो छ तर, कोशीमा बिताएका केहि मिठा पलले हामीलाई जोश दिरहेछ ।

घनाजंगल को बाटो हुँदै हामी पथरी पुग्यौं । तराईको चटपटे एकदम फरक । त्यो तराईको स्वाद लिएपछि हामी इलामतिर लाग्छौं । झापाको चारआली चोकबाट बाटो छुट्टिन्छ । बाटोमा कुहिरो लाग्न थल्छ । त्यो बदलिरहने चिसो मौसम र चियाबगान । कन्यामको कुहिरो छिचोल्दै हामी अन्तु डाँडातिर गयौं ।

चियाबगानले घेरिएको डाँडाको टुप्पोमा सामुदायिक होमस्टे रहेछ । त्यहाँको चियाबगान र त्यहाँका मिजलिसा मानिसहरु ।

एकाबिहानै नेपालको सबैभन्दा पहिलो घाम पर्ने ठाउँ हेर्न भ्यू टावर पुगका हाम्रो चौथो दिनको यात्रा ताप्लेजुङसम्म रह्यो पहाडको लामो यात्रा पाँचथरको फिदिम हुँदै ताप्लेजुङ पुग्न धेरै समय लाग्नेरहेछ ।

त्यसपछि अफरोड बाटो … ।

सुकेटार विमानस्थलसम्म काठमाडौंबाट सिधै आउन सकिनेरहेछ ।

हामी भने स्थलमार्ग राजेका थियौं ।

पैदल यात्रामा मौसमले हामीलाई साथ दियो । माथिल्लो फेदीमा बास बसेको हामी एकाबिहानै घाम पाथीभराका लागि हिड्यौं ।

नेपालको एक प्रख्यात तिर्थस्थल । विश्‍वास, आस्था एवं पवित्रताकी देवी पाथीभाराको मन्दिर पुग्दा यात्राका सबै दुःख, कष्ट भुल्यौं ।

किम्बदन्ती अनुसार परापूर्वकालमा पाथिभरा आसपासका गोठालाहरुले आफ्नो भेडी गोठ एक पटक पाथीभरामा राखेका थिए । एक दिन अचनाक वथानका भेडाहरु हराए । राति सपनामा देवी आएर गोठालाहरुलाई पूजा भनेको र गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा भेडाको बलीसहित पुजा अर्चना गरे । हराएका सयौं भेडाहरु जस्ताको त्यस्तै पहिलाकै ठाउँमा देखा पर्न थाले । त्यसपछि पाथीभरा देवीलाई पुज्न थालिएको किम्बदन्ती छ ।

तस्वीरः सहदेब दुलाल र हेमन्त भण्डारी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment