Comments Add Comment

‘सत्ते पे सत्ता’को रिमेकमा ऋतिक र कट्रिना

केही समयदेखि सफल चलचित्र ‘सत्ते पे सत्ता’को रिमेक निर्माण हुने कुराले चर्चा पाइरहेको छ । यो चलचित्रमा नायक ऋतिक रोशन मुख्य भूमिकामा अनुबन्धित भएका छन् । उनले ‘सत्ते पे सत्ता’मा नायक अभिताभ बच्चनले निर्वाह गरेको भूमिका निर्वाह गर्नेछन् ।

अभिताभको भूमिकामा त ऋतिक पक्का भए । अब हेमा मालिनीले निर्वाह गरेको भूमिकामा को ? भन्ने प्रश्न उठ्दै आइरहेको थियो । अब भने यो प्रश्नको जवाफ पनि दर्शकले पाएका छन् । चलचित्रमा नायिका कट्रिना कैफको प्रवेश भएको छ । उनले हेमा मालिनीले निर्वाह गरेको भूमिका निर्वाह गर्नेछिन् ।

यो भूमिकाको लागि नायिका दीपिका पादुकोणलाई पनि अफर गरिएको थियो । तर, समय नमिलेको भन्दै दीपिकाले यो अफरलाई स्विकारिनन् । दीपिकाले नभ्याउने भएपछि कट्रिनासम्म अफर पुगेको थियो ।

ऋतिक र कट्रिनाले यसअघि पनि चलचित्रमा काम गरिसकेका छन् । उनीहरुको जोडीलाई रुचाउनेको संख्या पनि राम्रो छ । ‘सत्ते पे सत्ता’को रिमेकलाई फराह खानले निर्देशन गर्नेछिन् । चलचित्रमा रोहित सेट्ठीले लगानी गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment