Comments Add Comment

घर बनाउँदै हुनुहुन्छ ? वास्तुबारे बुझिराखौं

घर निर्माण गर्दै हुनुन्छ ? सबै नापनक्सा तयार छ । जग्गा तयार छ । सिमेन्ट, बालुवा, रोडा, ईटा, रड, काठ सबै तयार छ । आवश्यक बजेटको व्यवस्था पनि मिलाइयो । मिस्त्रीलाई कामको जिम्मा लगाइयो । तपाईं ठान्नुहुनेछ, यति भएपछि घर ठडियो ।

तपाईं मग्न रहनुहुनेछ, संभावित घरको रुपरेखा सम्झिएर । हो, घर निर्माणका लागि तपाईंले सम्पूर्ण काम सक्नुभयो । यद्यपी यस क्रममा छुटाउनै नहुने अर्को कुरा हो, वास्तु विज्ञान । तपाईंको घरको नापनक्सा तयार गर्नुअघि वास्तु विज्ञानको ख्याल गर्नुभयो ?

तपाईंलाई लाग्न पनि सक्छ, यी आडम्बर वा अन्धविश्वास हुन् । वास्तु विज्ञानको कुनै अर्थ छैन । तर, घर निर्माणमा वास्तु विज्ञान महत्वपूर्ण मात्र होइन अपिरहार्य नै हुन्छ ।

संस्कृतमा भनिएको छ, ‘गृहस्थस्य क्रियास्सर्वा न सिद्धयन्ति गृहं विना ।’ घर, भवन आदि निर्माण गर्ने प्राचिन विज्ञान हो यो । वास्तु विज्ञानले घरको दिशा, अवस्था मात्र होइन, घर निर्माणका लागि जग्गाको छनौटसम्ममा वैज्ञानिक मार्गनिर्देश गर्छ ।

वास्तु विज्ञान अनुसार जग्गाको छनौट, घरको रुपरेखा, साजसज्जा आदि तयार गर्नु लाभदायक हुन्छ । वास्तु विज्ञानले चार वटा दिशा उत्तर, दक्षिण, पूर्व र पश्चिमलाई आधार मानेर घर कुन दिशामा फर्काउने, वैठक, सयन, भान्सा कोठा कुन दिशामा बनाउने, शौचालय कहाँ बनाउने, झ्याल ढोका कसरी राख्ने, कति राख्ने, भर्‍याङ कहाँ बनाउने भनेर तय गर्छ ।

वास्तुको अवधारणा

प्रकृतिमा सन्तुलन बनाइराख्नका लागि जल, अग्नि, पृथ्वी वायु र आकासवीच परस्पर क्रिया हुन्छ, जसको व्यापक प्रभाव यस पृथ्वीमा रहने मान्छे एवं प्राणीमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment