Comments Add Comment

निर्देशक बन्दै ‘लुट’ निर्माता वाग्ले, भन्छन्–‘यो मेरो इच्छा हो’

नेपाली चलचित्र बजारलाई ‘लुट’ जस्तो सफल चलचित्र दिएका निर्माता माधव वाग्लेले अब आफै निर्देशक बन्ने तयारी थालेका छन् । निश्चल बस्नेतदेखि दिपेन्द्र के खनालसम्मका निर्देशकसँग काम गरेका वाग्लेले अब भने आफूलाई नै अगाडि ल्याउन लागेका हुन् ।

उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रको हाल धमाधम कथामा काम भैरहेको छ । चलचित्रको स्क्रिप्ट आधा भैसकेको जानकारी दिदै वाग्लेले केही महिनापछि छायांकन सुरु गर्ने बताए । उनले भने–‘यो मेरो इच्छा पनि हो । यत्रो चलचित्र निर्माण गरिसकेपछि आफूले नै चलचित्र निर्देशन गर्न सक्छु भन्ने लागेर अगाडि बढेको हुँ ।’

उनले चलचित्र बनिसकेपछि निर्माता जहिले पछि पर्ने र कलाकार र निर्देशकले क्रेडिट लाने गरेको गुनासो समेत गरे । वाग्लेले भने–‘चलचित्रमा एउटा निर्माताले आफ्नो सबै लगानी लगाउँछ । तर, चलचित्रमा निर्देशक र कलाकार मात्र हाबी हुन्छन् । निर्माता जहिले पछि पर्छन् ।’

उनले, आफ्नो सोचलाई लगाएर चलचित्र बनाउने बताए । वाग्लेले भने–‘नेपालमा कुन निर्देशक पढेर आएका छन् र ? सबैजना अरुको पैसामा आफूलाई निर्देशकको रुपमा उभ्याउने कोशिश त गरिरहेका छन् । यसैले मैले पनि आफ्नो अनुभवलाई चलचित्र निर्देशनमा लगाउन लागेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment