+
+
Shares

प्रभु बैंकको पर्सा बजारमा नयाँ शाखा कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ६ गते १९:५४

६ साउन, काठमाडौं । प्रभु बैंक लिमिटेडले चितवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । चितवनको खैरहनी नगरपालिका वडा नं. ८ स्थित पर्सा बजारमा १८९औं शाखा कार्यालयको रुपमा पर्सा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

पर्सा शाखा कार्यालयको खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणी चौधरीले सोमबार विहान उद्घाटन गरेका थिए ।शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि लालमणी चौधरीले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गरेर बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएकोमा सर्वसाधारण लाभान्वित हुने बताए ।

घर आँगनसम्म सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको बैंकिङ्ग सेवा विस्तार कार्य प्रशंसनीय रहेको बताए । कार्यक्रममा उनले भने, बैंकिङ्ग शाखा विस्तारले बैंकिङ्ग पहुँचको दायरा फराकिलो बनाउँदै समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएका छन् । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको पर्सा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले स्थानीय सर्वसाधारणहरु तथा व्यवसायिक संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा लिन पाउने भएका छन् ।

शाखा खुलेसँगै स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै स्थानीय क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भुमिका रहने बैँकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?