Comments Add Comment

अनुभवको थप्पडमा तापसी

बलिउडका सफल निर्देशक अनुभव सिन्हाले अर्को वर्षको नारी दिवसमा प्रदर्शन हुने गरी नयाा फिल्म ‘थप्पड’ निर्माण गर्ने घोषणा गरेका छन् । निर्देश्ाक सिन्हाले अभिनेत्री तापसी पन्नूलाई लिएर उक्त फिल्म निर्माण गर्न लागेका हुन् ।

उमन्स डेको अवसर पारेर प्रदर्शन गरिने भनिएको उक्त फिल्ममा महिला शसक्तिकरणको मुद्दालाई उठाइएको छ । ‘म यो फिल्मको कथावस्तुका बारेमा अहिले नै धेरै कुरा बताउन सक्दिन, निर्देशक सिन्हाको भनाइ छ-‘म कतिसम्म भन्न सक्छु भने यो मेरो पहिलो त्यस्तो फिल्म हुनेछ जसमा महिलासाग सम्बन्धित विषयवस्तु समावेश गरिने छ ।’

फिल्ममा तापसी पन्नूको मुख्य भूमिका रहने छ । ‘मैले तापसीसंग फिल्म मुल्कमा काम गरिसकेको छु, अनुभव भन्छन्-‘उनीसंग पहिलो फिल्ममा काम गरेपछि पुनः दोस्रो फिल्ममा काम गर्ने इच्छा थियो, अहिले आएर त्यो इच्छा पुरा हुन लागेको छ ।’ निर्देशक सिन्हाले तापसीसहित अभिनेता आयुष्मान खुरानालाई पनि आफ्नो फेबरेट मानेका छन् । तर, उक्त फिल्ममा तापसीसाग आयुष्मानले अभिनय गर्ने सम्भावना भने कम छ । किनभने उक्त फिल्ममा अधिकांश कलाकारहरु महिला नै हुनेछन् । ‘यो फिल्म उमनहुडका लागि मेरो तर्फबाट सलामह हो, निर्देशक सिन्हाको भनाइ छ ।

निर्देशक सिन्हाले हालैमात्र तापसीसहितको एउटा तस्बिर सार्वजनिक गर्दै उक्त फिल्मको घोषणा गरेका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment