Comments Add Comment

‘साइनो’को ‘क्या बात’मा नीताको आइटम

चलचित्र ‘साइनो’को आइटम गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘क्या बात छ’ बोलको गीतमा मिना निरौलाको शब्द, यमन सुवेदीको शब्द, किरण भुषालको संगीत छ । यो गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका नीता ढुंगानाको आकर्षक नृत्य देख्न सकिन्छ । भिडियोमा नायक राजकुमार र कलाकार राजा राजेन्द्रलाई पनि फिचरिङ गरिएको छ ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको चलचित्रमा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र साउनको २४ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रलाई अभिमन्यु निरबीले लेखेका हुन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दले यो चलचित्र निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment