Comments Add Comment

‘कबड्डी ३’का संगीतकार योगी भन्छन्–‘मैले फोटो सिरानीमा सुनेकै थिइनँ’

नेपाली गीत संगीतलाई चोरीको आरोप लाग्न थालेको घटना नयाँ भने होइन । तर, पछिल्लो समयमा चलचित्रमा समेत लोक लयका गीतहरु भित्रन थालेपछि चोरीको आरोप लाग्न थालेको छ । पुरानै लोक संगीतबाट गीतको लय चोरी हुन थालेका छन् । केही समय अगाडि ‘छक्का पन्जा २’को ‘नाइलनको साडी’मा पनि यस्तै विवादमा पर्यो । गायक प्रकाश सपुत र शम्भु राइविचको गीत चोरी विवादले चर्को रुप लियो ।

यही विचमा, सोमबार मात्र सार्वजनिक भएको ‘कबड्डी कबड्डी कबड्डी’को ‘दुबो फुल्यो’ बोलको गीत आलोकश्रीको संगीतमा तयार भएको ‘फोटो सिरानी’मासँग मिलेपछि चर्चा सुरु भएको छ । आलोकश्रीले आफूले कुरा नमिले कानुनी उपचार खोज्ने बताइसकेका छन् ।

यही विचमा, ‘कबड्डी ३’का संगीतकार एसडी योगीले अनलाइनखबरसँग छोटो कुरा गर्दै आफूले ‘कहिले फोटो सिरानीमा’ बोलको गीत आज बिहान मात्र सुनेको बताएका छन् । उनले भने–‘मैले चोर्छु नै भनेर चोरेको होइन । मैले त त्यो गीत आज बिहान मात्र सुनेको हुँ ।’ उनले गीतको केही अंश संयोगबश मिलेको प्रतिक्रिया दिए । उनले भने–‘मेरो र आलोकदाइविच कुरा भैरहेको छ । तर, मैले गीत नियतले चोरेको होइन ।’

यता, संगीतकार आलोकश्रीले भने आफूसँगको कुराकानीमा एसडीले गीत चोरिएको स्विकार गरेको प्रतिक्रिया दिएका थिए । एसडीले आलोकश्रीको यो कुरालाई अस्विकार गरेका छन् ।

‘कबड्डी ३’को ‘दुबो फुल्यो’लाई लाग्यो चोरीको आरोप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment