Comments Add Comment

मलाईका र अर्जुनको विवाह सम्भव छ ?

बलिउड अभिनेता अर्जुन कपूर तथा अभिनेत्री मलाइका अरोरा खान नजिक आएको चर्चा त्यति बेलादेखि नै चलेको थियो, जतिबेला मलाइकाको डिभोर्स नै भएको थिएन । त्यसैले पनि त्यतिबेला यो कुरालाई खासै गम्भिरतापूर्वक लिइएन । डिभोर्सपछि जब अर्जुन र मलाई सार्वजनिक रुपमा देखा पर्न थाले, त्यसपछि मात्र यी दुबै जना एक-अर्कालाई लिएर गम्भीर छन् भन्ने कुरामा प्रमाणित भयो ।

मलाइका भन्दा अर्जुन उमेरले कान्छा छन्, तर प्रेममा उमेर कसले हेर्छ र ? जोसंग हुनु छ, त्यो भएरै छोड्छ । रोचक कुरा त के छ भने अर्जुनको सलमान खानको परिवारसंगको सम्बन्ध निकै राम्रो छ ।

एक समय अर्जुन सलमानकै बहिनी अर्पितालाई पनि मन पराउँथे, तर त्यो कुरा अघि बढ्नुभन्दा अघि नै रोकियो । सलमानका पार्टिहरुमा अर्जुन आउने-जाने गरिरहन्थे र त्यही क्रममा उनी मलाइकाप्रति आकषिर्त हुन थालेको बताइन्छ ।

त्यसो त अहिले अर्जुन र मलाइका एक-अर्काको साथलाई अति नै मन पराउँछन् । रेष्टुराँ र सिनेमालाई परै राखौं, उनीहरु विदा मनाउन समेत संग-संगै जान थालेका छन् ।

के दुबैले विवाह गर्न लागेको हुन् ? धेरै पटक त उनीहरुले विवाहको तयारी नै थालिसकेका खबरहरु समेत सार्वजनिक भएका थिए, तर पछि ती खबरहरु गलत सावित भए ।

के पनि भनियो भने अर्जुन र मलाइकाको प्रेम सम्बन्धप्रति अर्जुनका बुवा बोनी कपूर निकै रिसाएका थिए र उक्त सम्बन्धका विरुद्ध उभिएका थिए । तर अर्जुनलाई उनका काकाहरु (अनिल कपूर तथा सञ्जय कपूर) को साथ छ । अर्कोतिर मलाइकाका छोरालाई पनि यी सबै कुराको बारेमा राम्रो जानकारी छ । मलाइकाका पूर्व श्रीमान् अरबाज खान पनि अहिले एउटा रिलेशनशीपमा भएको समाचार सार्वजनिक भैसकेको छ ।

एउटा समाचारमा जनाइए अनुसार मलाईका र अर्जुन अहिले जुन अवस्थामा छन्, त्यसमै खुशी छन् । दुबैबीचको सम्बन्ध ‘साथी’ भन्दा निकै माथि पुगिसकेको छ र उनीहरु आफ्नो सम्बन्धलाई अर्को तहसम्म पुर्‍याएर अहिलेको अवस्थालाई समेत बिगार्न चाहाँदैनन् ।

त्यसैले उनीहरुले परिस्थिती बुझेर अहिले नै विवाह नगर्ने निर्णय गरेको हुनुपर्ने अनुमान गरिएको छ । विवाह बिना पनि खुशी रहन सकिन्छ भन्ने कुरा उनीहरुले राम्ररी बुझेका छन् ।

त्यसैले अर्जुन र मलाइकाको निकट भविष्यमै विवाह हुने कुरा भने अहिलेलाई असम्भव झैं देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment