Comments Add Comment

अजयको प्रेम जीवनः ‘रविना र करिश्मालाई धोका दिएपछि काजोलसँग बिहे’

बलिउडमा नायक अजय देवगणको आफ्नो छुट्टै क्रेज छ । उनको एक्सन अवतारदेखि कमेडी शैलीलाई समेत दर्शकले तारिफ गरेको पाइन्छ । सन् १९९१ बाट चलचित्र क्षेत्रमा सक्रिय अजयको क्रेज अहिले पनि उस्तै छ । अजयले नायिका काजोलसँग बिबाह गरेका छन् । उनीहरुको प्रेम बिबाह हो । दुई चलचित्र ‘हलचल र गुण्डाराज’मा एकसाथ काम गरेपछि उनीहरु एक–अर्काको प्रेममा परेका थिए । अजय देवगण शान्त स्वभावका थिए । काजोल चञ्चले थिइन् । उनीहरु बिल्कुलै फरक स्वभावका थिए । तर, यही फरक स्वभावले उनीहरुलाई एक गरायो ।

अजय र काजोलले प्रेम प्रस्ताव राखेनन् । तर, दुबैलाई थाहा थियो कि उनीहरु एक–अर्कालाई प्रेम गर्छन् । त्यसैको नतिजा उनीहरुले बिबाह नै गरे । काजोलले नै अजयलाई बिबाहको प्रस्ताव गरेकी थिइन् । उनीहरुले सन् १९९९ को फेव्रुअरीमा बिबाह गरेका थिए । अजय र काजोलका अहिले दुई सन्तान छन् ।

अजय र काजोललाई अहिले बलिउडको निकै सुन्दर जोडीका रुपमा हेर्ने गरिन्छ । तर, अजयको पहिलो प्रेम भने काजोल हैनन् । काजोल भन्दा पहिला नै अजय दुई नायिकाको प्रेममा परिसकेका थिए । अजय र रविना टन्डन प्रेममा थिए । उनीहरु अभिनित चलचित्र ‘दिलवाले’ सुपरहिट भएपछि उनीहरुको प्रेम सुरु भएको थियो । तर, उनीहरुको प्रेम लामो समय टिक्न सकेन । उनीहरुको प्रेममा भिलेन बनेर आएकी थिइन्, अर्की नायिका करिश्मा कपूर ।

रविना र अजय डेट गरिरहेको समयमा नै करिश्मा र अजयबीच प्रेम सुरु भयो । करिश्माको प्रवेशसँगै अजय र रविना टाढिदै गए । करिश्माको कारण अजय आफूसँग टाढा भएको थाहा पाएपछि रविना र करिश्मा बीच झगडा पनि भएको थियो । अजयले आफूलाई छोडेको भन्दै रविनाले एक पटक आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।

९० को दशकमा अजय र करिश्माको जोडी निकै सुपर हिट जोडी थियो । ५ चलचित्रमा एकसाथ काम गरेपछि अजय र करिश्माको प्रेम सुरु भएको थियो । तर, रविनालाई धोका दिएका अजयले काजोलको प्रवेशसँगै करिश्मालाई पनि धोका दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment