Comments Add Comment

अटोपप अप क्यामरा र अल्ट्रा फुलभ्यू डिस्प्लेका साथ ह्वावेको ‘वाई नाइन प्राइम २०१९’

यूरोपेली तथा एसिया प्रशान्त क्षेत्रका देशहरूमा व्यापक सफलता पश्चात् सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी ह्वावेले पप–अप क्यामरा भएको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

ह्वावे वाइ नाइन प्राइम २०१९सिरिज अन्तर्गत पप–अप क्यामरा र पूरै एचडी डिस्प्ले भएको बेजल–लेस फोन सबैभन्दा सस्तो दरमा उपलब्ध छ । नेपाली बजारमा यो स्मार्टफोनको मूल्य रुपैयाँ २९,९९० तोकिएको छ । वाई नाइन प्राइम २०१९ कालो, नीलो र हरियो रगहरुमा उपलब्ध छ ।

उच्च कार्य क्षमता, शक्तिशाली किरिन ७१० एफ चिपसेट र इन्टेलिजन्ट ईएमयूआई नाइन अपरेटिङ सिस्टम जडित यो स्मार्टफोनमा एआई सपोर्ट गर्ने फोटोग्राफी, लामो ब्याट्री लाइफ, हाई एण्ड ग्राफिक्स र आकर्षक डिजाइनहरू सहित अन्य विशेष विशेषताहरू रहेको छ ।

यो स्मार्टफोनमा ट्रिपल क्यामरा सेटअप रहेको छ– १६ एमपी+८ एमपी+२एमपी रियर क्यामरा सिस्टम रहेको छ । १६ एमपीको पप–अप क्यामराले जादूमय रूपमा काम गर्दछ । सामान्य अवस्थामा क्यामरा फोनको भित्रपट्टि हुनेछ भने जब फ्रन्ट क्यामरा संचालनमा ल्याइन्छ जस्तो कि सेल्फीहरू लिँदा यो स्वतः निस्किन्छ र स्क्रीनको अगाडि निस्कन्छ ।

पप–अप लेन्सलाई बाहिरपट्टि निस्कन एक सेकेण्ड मात्र लाग्दछ र एकदमै सहजै काम गर्दछ । १६एमपी क्यामरामा भएको एफ÷१.८ एपर्चरले समान्यतया हुने एफ÷२.२ एपर्चरले ५० प्रतिशतभन्दा बढी प्रकाश लिने गर्दछ र कम आवाज निस्कने र छिटो फोकस गर्ने गर्दछ । ८ एमपी सेन्सरले १२० डिग्री वाइड एंगल सटहरू लिने गर्दछ र विशाल ल्याण्डस्केपहरू वा आकाशको आकर्षक तस्वीरहरू खिच्न सक्दछ ।

पप–अप क्यामरासँगै यो बजेटफोनमा अन्य धेरै विशेषताहरू रहेका छन् । ६.५९ ईन्चको फूल एचडी डिस्प्लेले ह्वावे वाइ नाइन प्राइम २०१९ सिरिजलाई आकर्षक देखिने बनाएको छ र स्क्रीनमा त्यस्तो केही स्लाइड वा नोचहरू छैनन् ।

२३४० वाई १०८० फूल एचडी डिस्प्ले र ३९१ पीपीआईको पिक्सल डेन्सिटीका साथमा ह्वावे वाई नाइन प्राइम २०१९ स्क्रीन म्याग्नीफाइङ ग्लासजस्तै काम गर्छ र सूक्ष्म रूपमा डिटेलहरू हेर्न सकिन्छ ।

यसमा १२ एनएमको किरिन ७१० चिपसेट र ८ कोर आर्किटेक्चर जडान गरिएको छ जसले उच्चकार्य प्रदर्शन र अधिकतम क्षमता प्रदान गर्दछ । ४००० एमएएच ब्याट्री क्षमता बजारमा सबैभन्दा अग्रस्थानमा छ । किरिन ७१० एफचिपसेटले अधिकतम शक्ति क्षमता र विभिन्न खाले विशेषताहरूका साथमा यो फोन उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment