+
+
Shares

युवास्टार जाभी सिमोन्सले छाडे बार्सिलोना

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते २०:२२
Photo Credit : marca.com

७ साउन, काठमाडौं । युवास्टार खेलाडी जाभी सिमोन्सले बार्सिलोना छाडेका छन् ।

बार्सिलोनाका ला मासिया एकेडेमीका उत्पादक युवा स्टार जाभीलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अनुबन्धन गरेको हो । बार्सिलोनाले आफ्नो एकेडेमीमा जाभी जस्ता स्टार युवा खेलाडी उत्पादन गर्नु पाएकोमा निकै खुशी मान्दै आएको थियो । जाभी एक प्रतिभावान खेलाडी भएकै कारण सबैको नजरमा पर्दै आएका थिए ।

मिड्फिल्डर जाभी सात वर्षको हुँदा बार्सिलोनाको एकेडेमीमा आएका थिए । उनी अहिले १६ वर्ष पुगेका छन् । आफुले क्लब छाडे पनि बार्सिलोना आफूसँग सधै हुने डच युवा खेलाडी जाभीले बताएका छन् ।

उनले एकेडेमी छाड्दै आफूले लेखेको विदाई पत्रमा भनेका छन्, ‘ बार्सिलोना सधै मेरो एक हिस्साको रुपमा रहनेछ । यो मेरो लागि निकै जटिल दिन हो किनकी यहाँ कसैले पनि अलविदा भन्न रुचाएका छैनन् ।’

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?