+
+
Shares

ढल्यो सरकार, कुमार रहेनन् कर्नाटकका स्वामी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते २१:१६

काठमाडौं । भारतको कर्नाटकमा पछिल्लो केही दिनदेखि चलिरहेको राजनीतिक नाटक समाप्त भएको छ ।

कुमारस्वामी नेतृत्वको कांग्रेस-जेडीएस गठबन्धन सरकारले विश्वासको मत पाउन सकेन । सरकारको पक्षमा ९९ मत खस्यो भने विश्वासको मतको विरोधमा १०५ मत ।

गठबन्धनका १६ सांसदले राजीनामा दिनासाथ कुमारस्वामी सरकारको दिनगन्ती सुरु भएको थियो । निर्दलीय विधायकले पनि समर्थन फिर्ता लिने घोषणा गरे ।

विश्वासको मतका लागि विधानसभामा सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री कुमारस्वामी निकै भावुक बने । आफू राजनीतिमा आउन नहुने रहेछ भन्दै उनले जनतासँग माफी समेत मागेका थिए । विश्वासको मत नपाएपछि उनले पदबाट राजीनामा समेत दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अब कर्नाटकमा भारतीय जनता पार्टी -भाजपा)को सरकार गठनको बाटो खुलेको छ । बीएस येदुरप्पाको नेतृत्वमा सरकार बनाउने भाजपाको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?