Comments Add Comment

कफी, आलु र बियरविना दुनियाँ कस्तो होला ?

भविष्यमा हामीले हाम्रो मनपर्ने खानेकुरालाई बिदाइ गर्नुपर्ने हुनसक्छ र त्यो पनि जलवायु परिवर्तनका कारण ।

तापमान तथा मौसम चक्रमा आइरहेको परिवर्तनका कारण बाली उत्पादनमा कठिनाइ उत्पन्न हुनेछ भने माछा तथा जनावरहरूको पनि विनाश हुन सक्नेछ ।

भविष्यमा जलवायु परिवर्तनका कारण कुन–कुन चिज हाम्रो खानाको थालीबाट हराउने खतरा छ र त्यसको कारण के हुनेछ ? जानिराखौं ।

कफी र चिया

यदि तपाईं बिहानै उठ्नेबित्तिकै चिया वा कफीको ताजगी भरिएको चुस्की लिनको शौखिन हुनुहुन्छ भने तपाईंका लागि दुःखद् खबर छ ।

विश्व उष्णीकरणका कारण सन् २०५० सम्ममा अवस्था यस्तो हुनेछ कि निकै उर्वर मानिने जमिनहरुको क्षेत्रफल अहिलेभन्दा आधा हुनेछ । त्यस्तै सन् २०८० सम्ममा कफीका कैयन् जंगली प्रजातिहरु पनि लोप भैसक्नेछन् ।
तान्जानिया चिया तथा कफीको मुख्य निर्यातक हो । पछिल्लो आधा दशकमा त्यहाँ कफीको उत्पादन आधाले घटेको छ ।

कफी लोप भएर के भो त ? चिया खाउँला नि, भन्ने विचार गर्नुभएको छ भने पनि तपाईंका लागि राम्रो खबर छैन । किनकि, पछिल्लो समय मौसमको तीव्रतामा भइरहेको असन्तुलनका कारण चिया बगान नासिने र चियाको स्वादमा पनि फरक पर्ने भइरहेको छ ।

त्यसैले भविष्यमा रङ कमवाला पानी जस्तो चिया पिउन तयार हुनुहोस् ।

चकलेट

विश्व उष्णीकरणबाट प्रभावित हुने पदार्थ चकलेट पनि हो । चकलेट बनाउने कोको फललाई स्थिर रूपमा उच्च तापक्रम तथा पर्याप्त आद्रता चाहिन्छ । विश्वका कफीका बिरुवाजत्तिकै माग को–कोका विरुवाको पनि छ । तर, तापक्रम, वर्षा, माटोको गुणस्तर, घाम तथा हावाको गतिको असन्तुलनको असर यसमा परिरहेको छ । इण्डोनेसिया तथा अफ्रिकाका कोको उत्पादक किसानले त अहिले कोको छाडेर ताज वा रबरको रुखको खेती सुरु गरिसकेका छन् ।

अहिले विश्वमा कोकोको एक तिहाइ माग धानिरहेका घाना र आइभरी कोष्टमा आगामी ४० वर्षमा औषतमा २ डिग्रीले तापक्रम बढ्नेछ । यसले उत्पादनमा गम्भीर असर पार्नेछ । अतः भविष्यमा चकलेटको भविष्य पनि अन्धकारमय छ ।

माछा र चिप्स

माछाको आकार सानो भइरहेको छ । किनकि समुद्रको तापक्रम बढिरहेका कारण पानीमा अक्सिजनको मात्रा घटिरहेको छ । अधीक कार्वन डाइअक्साइड घुलिएका कारण महासागरको पानी धेरै अम्लीय बनिरहेको छ । यसले शेलफिसलगायतका बाहिरी खोल भएका सामुद्रिक जीवका लागि निकै खतरा पैदा भएको छ । पछिल्लो समय समुद्रमा माछाको संख्यामा उल्लेखनीय रूपमा कमी आइरहेको अध्ययनहरुले देखाएका छन् । भविष्यमा यो अवस्था अझै विकराल बन्नेछ ।

आलु के होला ?

भलै आलु माटोमुनि फल्दछ र तापमान वृद्धिले असर नगर्ला भन्ने लाग्नसक्छ । तर अहिले आलु खेती पनि लामो खडेरीबाट प्रभवित भइरहेको छ ।

बेलायती मिडियाका अनुसार बेलायतमा सन् २०१८ मा गमईका कारण आलुको उत्पादन एक चौथाइ घटेको थियो जबकि, आलुको औसत साइज पनि ३ सेमीले घटेको थियो ।

ह्विस्की तथा बियर

दक्षिण पश्चिमी फ्रान्समा ६ सय वर्ष पुरानो ब्राण्डी मदिराको कम्पनी कोन्याक अहिले संकटमा छ । बढ्दो तापक्रमका कारण अंगुरको मिठास निकै बढिरहेको छ । जसका कारण ब्राण्डी उत्पादनमा समस्या उत्पन्न हुन्छ ।
त्यसैले उत्पादकहले अहिल चिन्तामा परिरहेको छन् र विकल्प खोज्न बाध्य छन् । वास्तवमा उत्पादकहरुले स्कटल्याण्डको एउटा प्रसिद्ध ह्विस्कीको हकमा पनि यस्तै समस्या खडा हुनेछ । विश्व उष्णीकरणका कारण खडेरी बढ्ने र पानी कम हुने देखिएको छ ।

विज्ञहरुका अनुसार विश्वको मौसमा लगातार असन्तुलन देखिने गरको छ । तापक्रम बढिरहेको छ ।

तथ्यांक अनुसार औद्योगिक युग सुरु हुनुभन्दा अगाडिको जलवायुसँग तुलना गर्दा अहिले त्यतिबेलाको तुलनामा प्रचण्ड गर्मी र खडेरीको आशंका ३० प्रतिशतले बढेको छ ।

बियर उत्पादन गर्ने कम्पनीहरुले पनि यही समस्या भोगिरहेका छन् । चेक गणतन्त्र तथा अमेरिकी बियर उत्पादक कम्पनीहरुले पानीको कमी तथा सुख्खापनका कारण बालीको उत्पादनमा गिरावट आइरहेको जनाएका छन् ।

यसकारण छ चिन्ताजनक

तपाईंलाई लाग्नसक्छ, उल्लेखित कुराहरु सरोकारका विषय होइनन् । तर यदि पूरै विश्वमा अचानक जलवायुगत परिवर्तन आउँदा लाखौं मानिसको रोजी–रोटीको संकट खडा हुनेछ ।

बालीनालीको उत्पादकमा गिरावटसँगै मूल्यमा बढोत्तरी हुनेछ । खाद्यपदार्थको कमीले मानवीय संकट सिर्जना गर्नेछ र यसले राजनीतिक अस्थिरता पनि पैदा गर्नेछ ।

त्यसैले मामिला केवल तपाईंको चियाको कप वा ह्विस्कीको कपसँग मात्र जोडिएको होइन, तपाईं हाम्रो जीविकासँग नै जोडिएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment