Comments Add Comment

नेपालले मलेसियालाई हरायो, मल्लको कीर्तिमानी अर्धशतक

८ साउन, काठमाडौं । ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक सँगै नेपालले मलेसियालाई ७ विकेटले हराएको छ र टी-२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ ।

यो जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै छ । यसका लागि कतारसँग अप्रत्यासित हार व्यहोरेको नेपालले बाँकी खेल भने जित्नुपर्छ ।

वर्षाका कारण ९ ओभरमा छोट्इएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहे ।

मल्लको कीर्तिमानी अर्धशतक

नेपालको जितमा आक्रामक पारी खेलेका मल्लले कीर्तिमानी अर्धशतक बनाए । २१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाए ।

यो नेपाली खेलाडीले सबैभन्दा कम बलमा बनाएको अर्धशतक हो ।

यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे पनि अन्य ब्याट्सम्यान चलेनन् ।

सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट आफ्नो नाममा लेखाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment