Comments Add Comment

साराको दाबी–‘अफर आइरहेको छ, फिल्म फ्लप हुँदा आफूलाई होल्ड मात्र गरेकी हुँ’

नायिका सारा सिर्पालीलाई ‘अनलक्की’ नायिका भन्दा के होला ? सायदै फरक पर्दैन । किनकी, उनको सुन्दरताको चर्चा चलचित्र बजारमा खुबै हुन्छ । तर, उनलाई दर्शकले पत्याउन सकेका छैनन् । उनले अभिनय गरेका ३ चलचित्र लगातार असफल हुनुले पनि यो कुराको दरिलो प्रमाण पेश गर्छ । डेब्यु चलचित्र ‘रुद्र’बाट नै असफलता भोगेकी साराले ‘पिंजाडा ब्याक अगेन’ हुदै ‘सुश्री सम्पत्ती’ सम्म आइपुग्दा असफलतामा ह्याट्रिक नै गरिसकेकी छिन् ।

‘सुश्री सम्पत्ती’ रिलिज भएको एक वर्ष हुन लागिसकेको छ । ‘सुश्री सम्पत्ती’ पश्चात् सारा खाली हात छिन् । उनको चौथो प्रोजेक्ट अझै फाइनल भएको छैन । कतिपयले उनले गतिलो ब्यानर र सह–कलाकार छान्न नसक्दा चलचित्र नचलेको टिप्पणी पनि गर्छन् ।

निरन्तर चलचित्र असफल हुँदा उनलाई अफर नै नआएको हो कि ? यो प्रश्नमा उनले भनिन्–‘म तर्सिएकी छैन र अफर नआएको पनि होइन । अफरहरु आइरहेका छन् । लगतार चलचित्रले नराम्रो नतिजा दिएपछि केही समय आफूलाई होल्ड मात्र गरेकी हुँ । यदि राम्रो टिम र राम्रो स्क्रिप्ट पाए भने पक्कै काम गर्नेछु ।’

सारालाई अब भने पढाई पनि पुरा गर्नुपर्छ भन्ने लागेको छ । यसैले उनी स्नातोकत्तर अध्ययनमा लागेकी छिन् । पढाइले गर्दा स्क्रिप्ट पनि पढ्न नपाएको उनको भनाई छ । यसैविच, चलचित्र बजारमा साराले अष्ट महर्जनको निर्देशनमा बन्न लागेको चलचित्रमा काम गर्ने चर्चा पनि छ ।

साराले यो चलचित्रमा काम गर्ने मौखिम सहमती त जनाएकी छिन् । तर, चलचित्रको टिम अहिले स्क्रिप्ट बलियो बनाउन लागेको छ । साराले भनिन्–‘स्क्रिप्ट राम्रो बनेछ भने म काम गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment