+
+
Shares

पूजना र सारिकाको ‘तीजमै ब्रत बसी’

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते १५:०२

संचारकर्मी गीता अधिकारीले यो बर्षको तीजमा ‘तीजमै ब्रत बसी’ सार्वजनिक गरेकी छिन् । गीताको शब्द रहेको गीतमा सारिका घिमिरेको स्वर छ । यो गीतको भिडियोमा नायिका पूजना प्रधान, सारिका घिमिरे र गीतकार गीताले मोडलिङ गरेकी छिन् । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यो गीत सार्वजनिक गरिएको थियो ।

नारायण रिजालले निर्देशन गरेको गीतको भिडियोमा योगेश काजीको लय सङ्कलन तथा एरेन्ज, एचवीन किस्मतको अडियो मिक्सिङ रहेको छ । गीतको भिडियोलाई वीरेन्द्र भाट ‘विपिन’ले छायांकन गरेका छन् ।

गीतकार अधिकारीले तीजमा दुःख र पीडा भुलेर नाच्नका लागि यो गीतले अभिप्रेरित गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?