Comments Add Comment

बाढीको स्थायी समाधानका लागि भारतसँग कुरा गर्नुपर्छ : देउवा

८ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बाढी र डुवान समस्याको स्थायी समाधानका लागि सरकारले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।

बाढी र डुवानका बेला एकले अर्कालाई दोष दिएर मात्र समस्या समाधान नहुने भन्दै उनले डुवान र बाढीको समस्या अन्त्य गर्न भारतसँग कुटनीतिक स्तरमा संवाद गरेर स्थायी समाधान खोज्नुपर्ने बताएका हुन् । संसदमा बाढी पहिरोबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै उनले भारतको पनि केही समस्या भए नेपालले समाधान गर्नुपर्ने बताए ।

‘नेपालले भारतलाई भारतले नेपाललाई दोष दिएर कति दिन चल्छ ?’ देउवाले प्रश्न गरे , ‘कुटनीतिक तरिकाले कुरा गरेर सदाका लागि समस्या समाधान गर्नुपर्छ । एकले अर्कोलाई गाली गरेर हुँदैन ।’

बाढी र डुवान प्रभावित धेरै जिल्ला आफूले भ्रमण गरेको भन्दै देउवाले डुवान प्रभावित कतिपय क्षेत्रमा स्थानीय सरकारसमेत पुग्न नसकेको आरोप लगाए । ‘घरविहीन भएकालाई खाद्यान्न लत्ताकपडा दिने र ओत दिने काम सरकारको हो,’ उनले भने, ‘तर केही गरेको छैन । बरु विदेशी एनजिओले गरेका छन् ।’

सरकार भनेको दुःख परेको बेला चाहिने भन्दै देउवाले यस्तो भयावह स्थितिमा सरकारले ध्यान नदिएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment