Comments Add Comment

बैंकिङ कर्जा लिनलाई प्यानको सीमा घट्यो

८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले प्रभाव गर्ने कर्जा लिँदा अनिवार्य स्थायी लेखा नम्बरको सीमा घटाएको छ ।

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाले छुट्टा छुट्टै वा एकमुष्ट गरी  १ करोड वा सो भन्दा बढी कर्जा प्रवाह गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने सीमालाई घटाएर ५० लाख कायम गरिएको हो ।

यस्तै वाणिज्य बैंकहरुले कृषिमा न्यूनतम १० प्रतिशत तथा उर्जा र पर्यटनमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्थालाई यथावत कायम गरिएको छ ।

मौद्रिक नीतिले विकास बैंक र वित्त कम्पनीले प्राथमिकता प्राप्त क्षेत्रमा आˆनो कुल कर्जाको न्यूनतम क्रमशः १५ प्रतिशत र १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको छ ।

पूर्वाधार विकास बैंकले परियोजना छनौट गर्दा गर्नुपर्ने लगानीको न्यूनतम सीमा ३० करोड कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment