+
+
Shares

आर्सनलमाथि रियलको जित

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते २०:४३

८ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय च्याम्पियन्स क्लबमा रियल मड्रिडले आर्सनललाई पराजित गरेको छ ।

अमेरिकामा आज भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको हो । निर्धारित समयसम्म दुबै टिमले २–२ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो ।

खेलको नवौं मिनेटमा नै रियलका नाचोले रेड कार्ड खादै मैदानबाट बाहिरिएका थिए । योसँँगै रियल १० खेलाडीमा सिमित भएको थियो । खेलको १०औं मिनेटमा नै एलेक्जेन्डर लुकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको २४ औं मिनेटमा नै पिएरे इमेरिक अबुमेयाङले गोल गर्दै आर्सनललाई २–० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा दुई गोलले पछि परेको आर्सनलले दोस्रो हाफमा भने दुई गोल खान पुग्यो । खेलको ५६ औं मिनेटमा ग्यारेथ बेलले गोल गरे भने ५९औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियल मड्रिडलाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

पेनाल्टीमा भने रियलको भाग्य चम्कियो ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?