Comments Add Comment

प्रियंकालाई किन दिइएन ‘हजार जुनी सम्म’को पोष्टरमा स्थान ?

चलचित्र ‘दाल भात तरकारी’का मल्टिस्टार कलाकार हुँदा पनि नायिका प्रियंका कार्कीको नाम अगाडि राखिएको थियो । जबकी, चलचित्रमा उनको एउटा मात्र आइटम थियो । तर, साउनको ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हजार जुनी सम्म’मा नायिका प्रियंका कार्कीको महत्वपूर्ण भूमिका छ । उनलाई लिएर २ वटा गीत खिचिएको छ । तर, नायिकाको स्थान पोष्टरमा छैन ।

वुझिएअनुसार, उनलाई चलचित्रको प्रचारमा अगाडि ल्याउने सोच समेत यसको निर्माणपक्षले राखेको छैन । कारण के त ? निर्देशक विकासराज आचार्य त कार्कीको अतिथी भूमिका मात्र भएकाले पोष्टरमा स्थान नदिएको बताउँछन् ।
तर, २ वटा गीत र महत्वपूर्ण भूमिकामा रहेकी नायिकालाई एउटा आइटम गीत मात्र गरेकी दीपाश्री निरौला जस्तै गेष्ट भूमिकाका रहेकाले नसमेटिएको भन्नु पत्यारलाग्दो कुरा होइन ।

वुझिएअनुसार, नायिका कार्कीको खस्कदो क्रेज र उनी सहितको पोष्टर सार्वजनिक हुँदा म्यूजिक भिडियोको हो कि भन्ने दुविधा दर्शकमा पर्न थालेकाले स्थान नदिइएको हो । नायिका कार्कीले अभिनय गरेका म्यूजिक भिडियो पछिल्लो समयमा हप्तामा एउटा भन्दा बढी सार्वजनिक हुन थालेका छन् ।

प्रियंकालाई पोष्टरमा राख्दा फाइदा भन्दा घाटा बढी हुने देखेरै यसको निर्माणपक्षले उनलाई पोष्टरमा स्थान नदिएको हो । केही बर्ष अगाडिसम्म नेपाली चलचित्र क्षेत्रमा नम्बर १ को स्थान बनाएकी नायिका कार्कीको क्रेज पछिल्लो केही समयदेखि खस्कदो छ । यसलेगर्दा, अब उनलाई पोष्टरमा समेत स्थान दिन निर्माता आनाकानी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment