Comments Add Comment

भारतको १३२ गाउँमा ३ महिनामा छोरी जन्मिएनन् !

Photo Credit : GETTY IMAGES

९ साउन, काठमाडौं । भारतको उत्तराखण्डको १३२ गाउँमा ३ महिनादेखि एउटा पनि छोरीको जन्म नभएको ‍समाचार सार्वजनिक भएपछि यसको सञ्चार माध्यमहरुमा चर्चा भएको छ ।

उत्तराखण्डको उत्तरकाशीमा ४ लाख जनसंख्या छ । जहाँ ५ सय ५० गाउँ र ५ वटा शहर छ । तीमध्ये तीन महिनादेखि छोरी नजन्मिएपछि महिला-पुरुषको अनुपातमा असमानता आउने भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । महिलाहरुले लिंग पहिचान गरी गर्भपतन गराउँदा यो अवस्था आएको हो ।

एक अध्ययनका अनुसार १ सय ३२ गाउँमा तीन गत अप्रिलदेखि जुन महिनासम्म २ सय १६ जना छोरा जन्मिएका छन् भने एक जना पनि छोरी जन्मिएका छैनन् । तर अधिकारीका अनुसार यही समयमा अन्य १ सय २९ गाउँमा १ सय ८० छोरीको जन्म भएको छ भने एक जना पनि छोरा जन्मिएका छैनन् । अर्को १ सय ६६ गाउँमा भने यही अवधिमा ८८ छोरी र ७८ छोराको जन्म भएको छ । उत्तरकाशीमा अप्रिलदेखि जुनसम्म समग्रमा ९ सय ९१ नवजात शिशु जन्मिएकोमा ४ सय ७९ छोरी र ४ सय ६८ छोरा जन्मिएका छन् ।

तर सरकारी अधिकारीहरुले भने सञ्चार माध्यममा आएको तथ्यांकमाथि प्रश्न उठाएका छन् । ‘मेरो विचारमा छोरीविहीन गाउँबारे सञ्चार माध्यममा आएको रिपोर्ट गलत छ, यद्यपी त्यहाँको अवस्था राम्रोसँग बुझिएको छैन, हामीले यसबारे बुझ्न निर्देशन दिएका छौं’उत्तरकाशी जिल्लाका वरिष्ठतम अधिकारी आशिष चौहानले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment