+
+
Shares

सञ्चय कोषमा १० लाखसम्म इ-पेमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ९ गते २०:५०

९ साउन, काठमाडौं । कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्था सुरुवात गरेको छ । उक्त व्यवस्थाको लागि कोषले नेपाल क्लियरिङ्ग हाउसको एनसीएचएल आइपीएस् तथा कनेक्ट आईपीएस् इ-पेमेन्ट प्रणालीसँग पूर्ण रुपमा इन्टिग्रेसन गरेको छ । उक्त कार्य कोषको प्रशाशक तुलसीप्रसाद गौतमले एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगायात बैंक तथा दुबै संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा उद्घाटन गरेका हुन् ।

भुक्तानी तथा संकलनहरु सोझै बैंक खातामार्फत गर्ने क्रममा कोषले आफ्नो धितोकर्जा स्कीम अन्तर्गत स्वीकृत भएको आवास कर्जाको भुक्तानी हालको लागि हिमालयन बैंक तथा एनएमबि बैंक मार्फत गर्ने भएको छ । वार्षिक २.५ लाखको संख्यामा भुक्तानी गर्ने यस कोषले कर्जा व्यवस्थापन सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्न आफ्नो सेवा विस्तारको क्रमलाई अझ सुढृढ गरी विद्युत्तीय प्रणालीको प्रयोग गरी महत्वपूर्ण कदम चालेको छ ।

कर्मचारी सञ्चय कोष ऐन अन्तर्गत स्थापित कर्मचारी सञ्चय कोष नेपालको सबैभन्दा ठूलो कोष हो । यसमा ५.५ लाख सञ्चयकर्ता र ३० हजार संस्थाहरु आबद्ध छन् । लाभग्राहीले कोषमा आफ्नो बैंक खाता अध्यावधिक गराएको अवस्थामा स्वीकृत कर्जा, नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेको लाभग्राहीको जुनसुकै खातामा पनि सो रकम सोझै जम्मा गरिनेछ भने सेवाग्राहीले रकम प्राप्त गर्न बैंक वा कोषको कार्यालय धाउनु नपर्ने कोषले जनाएको छ । यसरी जम्मा हुने रकममध्ये दश लाख सम्मको रकम कनेक्ट आईपीएस् मार्फत रियल टाइममा जम्मा हुनेछ ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली एनसीएचएल इको, अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सकिने कनेक्ट आइपीएस् इ पेमेन्ट प्रणाली लागू गरी सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?