Comments Add Comment

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा दार्चुलामा

९ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्ा्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले दार्चुला शाखाको आज औपचारिक उद्घाटन कार्यक्रम गरेको छ ।

महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंस राज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाबाट उद्घाटन भयो ।

समाजसेवी तथा वरिष्ठ चार्टड एकाउटेन्ट भाष्कर सिह लालाको अध्यक्षतामा सम्पन्न क्रार्यक्रममा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितीक दलका अध्यक्ष एवं प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनीय सहभागीता रहेको थियो । हाल यस बैंकको कुल शाखा संख्या ८६ रहेको छ र बैंकको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment