Comments Add Comment

कुमारी बैंकले ट्याक्सी सेवा प्रदायक सारथीसँग सहकार्य गर्ने

९ साउन, काठमाडौं । कुमारी बैंक लिमिटेडले ट्याक्सी सेवा प्रदायक कम्पनी, सारथी प्राइभेट लिमिटेडसँग ब्रान्डिङ सहकार्य गरेको छ । उक्त सम्झौता–पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र सारथीका सह–संस्थापक रवि सिंघलले हस्ताक्षर गरेका छन्।

सम्झौतासँगै सारथीका ६५० ट्याक्सी टपहरुमा कुमारी बैंकको लोगाङ्ग्कित स्टिकर तथा विविध बचत खाताहरुको विज्ञापन स्टिकर मार्फत ब्रान्डिङ गरिने छ । यसैगरी, सारथीका ट्याक्सी चालकहरुको पहिचान कार्डको पछाडी युनिक क्यूआर कोड अंकित हुनेछ जसमार्फत भौतिक नगद रहित नै सवारी शुल्क भुक्तानी गर्न सक्नेछन् ।

देशभर रहेका १०० शाखा संजाल, ९० एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत् बै्कले सेवा दिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment