Comments Add Comment

ललितपुर महानगरपालिकामा नबिल बैंकको एटीएम सञ्चालन

९ साउन, काठमाडौं । नबिल बैंकले ललितपुर महानगरपालिका परिसरमा एटीएम जडँन गरी सेवा प्रारम्भ गरेको छ ।

नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त एटीएमको उद्घाटन संंयुक्त रुपमा गरे ।

यससंगै बैंकको एटीएम संजाल काठमाडौं उपत्यका भित्र ७० वटा र उपत्यका बाहिर ६८ वटा गरि कुल संख्या १३८ पुगेको छ । भिषा कार्ड, माष्टर कार्ड, युनियन पे कार्ड र एससिटि (स्थानीय तथा अन्तर्राष्ट्रिय) कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबँट नगद झिक्ने तथा अन्य सुविधाहरु उपभोग गर्न सकिन्छ ।

नयँं एटीएमको उद्घाटन गर्दै बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र बिस्तार गर्ने प्रतिबद्धता अनुरुप १३८ औं एटीएम थप गर्दा खुशी लागेको बताए । व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यक्ता घरदैलोमै परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता उनको थियो ।

साथै ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले नबिल बैंकले ललितपुर महानगरपालिका परिसरमा जडान गरेको एटीएमले महानगरपालिकाका सेवाग्रही तथा कर्मचारीहरुलाई आफ्नो आर्थिक कारोबार गर्न धेरै सहयोग हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment