Comments Add Comment

काल्र्सवर्ग फाउन्डेसनले वाईजीपी छात्रवृत्तिको लागि छान्यो नेपाली विद्यार्थी

९ साउन, काठमाडौं । काल्र्सवर्ग फाउण्डेसनले योङ्ग ग्लोबल पायोनियर्स (वाईजीपी) छात्रवृतिको प्रायोजन गर्दैछ । विश्वभरिका युवावर्गलाई लर्निङ्ग जर्नीको आयोजना गर्नको लागि प्रायोजन गरिएको यस छात्रवृत्तिमा एक इञ्जिनीयरीङ विद्यार्थी सारस अधिकारी लाई नेपालबाट छानिएको छ । उनी २३ वर्षका छन् ।

नेपाली हस्तकलालाई प्रवर्द्धन गर्ने सारसको प्रभावकारी व्यवसायको सोचको लागि सारसलाई गोर्खा बु्रअरीले अभिनन्दन गरेको छ । विश्वभरिका हजारौं सहभागीहरु मध्ये सारसलाई छानिएको हो ।

वाईजीपी २०१९ लर्निङ्ग जर्नी, युवाको विश्वव्यापी कार्यक्रम हो, जसको थालनी काल्र्सवर्ग फाउण्डेसनद्वारा गरिएको हो । जसले १६ देशहरुबाट २२ युवाहरुलाई एक साथ राखेर उनीहरुको विचारहरु एक-आपसमा बाँड्न पे्ररित गर्छ ।

यो फाउण्डेसनले नेपालबाट सारस अधिकारीलाई छानेको छ, जसले अन्य सहभागीहरुका साथ ३ हप्ताको यात्राको लागि तान्जानीयामा स्थानीय सहभागीहरुसँग भेट्न, विश्वविद्यालय एवं बिजनेस हाउस भ्रमण गर्न र युवा ईलिट उद्यमीहरुसँग भेटेर उनीहरुको अनुभव र अन्तदृष्टि बुझ्ने मौका प्राप्त गर्नेछन् ।

‘यो प्रोग्रामले उत्कृष्ट प्रतिभाहरुका लागि विश्वभरि नेटवर्क बनाउँछ,’गोर्खा बु्रअरीकाबजार निर्देशक वैभव शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment