+
+
Shares

जावलाखेलको तरकारी बजारमा डोजर चल्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १० गते १४:११

१० साउन, ललितपुर । ललितपुरको जावलाखेलस्थित तरकारी बजारमा डोजर चलेको छ । स्टाफ कलेज नजिक सडक किनारमा बनाइएका ५२ वटा टहराहरु डोजर लगाएर भत्काइएको हो । डोजर लगाउनुअघि जिल्ला प्रशासन कार्यालयले दिएको तीन दिनको समयभित्र पसलवालाले आफ्ना सबै सामान सारिसकेका थिए ।

प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सार्वजनिक जग्गा ओगटेर अव्यवस्थित तरिकाले पसलहरु खोलिएकाले हटाइएको जानकारी दिए । ‘हामीले सात-आठ वर्ष पहिलेदेखि नै हटाउने प्रयास गर्दै आएका थियौं । उनीहरुलाई पसल छाड्न चेतावनी पनि दिएका थियौं र पछिल्लो समय तीन दिनको समय दिएर भत्कायौं,’ प्रजिअ जोशीले भने ।

ती पसलहरु करिब २० वर्ष अगाडिदेखि सञ्चालित थिए र, प्रत्येक पसलबाट जावलाखेल युथ क्लबले भाडा उठाउँदै आएको थियो । प्रजिअ जोशीका अनुसार बजारमा पार्किङको व्यवस्था पनि नभएको, जथाभावि पार्किङ गर्दा ट्राफिक जाम हुने गरेको र सुरक्षाको वातावरण पनि नभएको गुनासो प्रशासनमा आउने गरेको थियो ।

त्यसविरुद्ध अख्तियारमासमेत उजुरीसमेत परेको थियो । तर, पसलवालाले उच्च अदालत पाटनमा उजुरीसमेत दिएका थिए । अदालतले रिट खारेज गरिदिएपछि प्रशासनलाई पसल हटाउन थप सहज भएको थियो ।

तस्वीर  : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?