+
+
Shares

डेनमार्कमा हिमालयन फुटबल क्लब बन्यो च्याम्पियन 

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १० गते १८:४२

कोपनहेगन । छैटौ जनसम्पर्क कप फुटबलको उपाधि हिमालयन क्लबले जितेको छ। फाइनलमा  बीएनडी क्लबलाइ ३-० गोलले पराजित गर्दै हिमालयनले उपाधि चुमेको हो।

नेपाली जनसम्पर्क समिति डेनमार्कले प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतियोगिता यसपटकपनि कोपेनहेगनमा जुलाई २० र २१  गरी दुईसम्म चलेको थियो।

लिग चरणमा हिमालयन क्लब, बेल्लाहोए क्लासिक क्लब, युनिटी स्पोर्ट्स क्लब, बीएनडी क्लब र जनसम्पर्क समिति डेनमार्कले भाग लिएका थिए । यो पटक कपको दाबेदार रुपमा रहेको बेल्लाहोए क्लासिक टिम लिग चरणमै बाहिरियो भने हिमालयन र बीएनडी फाइनल पुगे ।

प्रतियोगितामा हिमालयन क्लबका प्रशान्त लामा उत्कृष्ट तथा सर्बोत्कृष्ट गोलकर्ता र  केवल गिरी उत्कृष्ट गोलरक्षक बने । युनिटीक्लवका बिक्रम तिवारी उत्कृष्ट डिफेन्डर र रमेश घिमिरे उत्कृष्ट टिम मेनेजर बन्न सफल भए। बेल्लाहोए क्लासिकका सुगम सुवाल भने उत्कृष्ट राइजिङ्ग खेलाडी बने।

डेनमार्कका लागि नेपाली राजदूत युवानाथ लम्सालले बिजेता टिम तथा खेलाडीहरुलाई ट्रफी तथा मेडल दिदै खेलाडीहरुलाई बधाई दिए। उनले खेलकुदको माध्यमद्वारा नेपाली समुदायमा झनै आत्मियता बढेको भन्दै यस्ता गतिबिधिहरुलाई संघसंस्थाहरुले निरन्तरता दिनुपर्नेमा जोड दिए।

नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापती वीरेन्द्र सिंह कार्कीले डेनमार्कमा अबस्थित नेपाली समुदायको हितमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्वता ब्यक्त गरे।

यो पटक पनि प्रतियोगितामा १० वर्ष भन्दामुनि र १० देखि १४ उमेर समूहका नेपाली बालबालिकाहरुको दुई छुट्टाछुट्टै खेल सम्पन्न भए। प्रतियोगितामा नेपाली बाल खेलाडीहरुको पनि उत्साहजनक सहभागिता रह्यो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?