Comments Add Comment

साहोका लागि चार अर्ब बढी लगानी किन गरियो ?

बाहुबली श्रृंखलाका दुई फिल्मको ऐतिहासिक सफलतापछि दक्षिण भारतीय स्टार प्रभासको हिन्दी भाषी दर्शकमाझ पनि राम्रो फ्यान फलोइङ छ । प्रभासको नामबाट उनी चिनिए पनि नचिनिए पनि बाहुबलीको नामले भने उनलाई बालबालिकादेखि वृद्ध-वृद्धासम्मले चिन्छन् ।

उनै प्रभासले अभिनय गरेको हिन्दी फिल्म साहो अगष्ट ३० का दिनदेखि प्रदर्शन हुँदैछ । यो फिल्म हिन्दी, तमिल तथा तेलुगु भाषामा निमर्ँण गरिएको छ । फिल्मको हिन्दी भाषाको डविङ प्रभास आफैंले गरेका छन् ।

यही फिल्ममा अभिनेत्री श्रद्धा कपूर पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत भएकी छिन् । श्रद्धाले प्रभाससंगै अभिनय गर्न पाएको अवसरलाई उनका समकालिन अभिनेत्रीहरुले इष्र्याको रुपमा हेर्न थालेको समेत एउटा समाचार उल्लेख गरिएको छ । ठूलो बजेटको फिल्ममा प्रभास जस्ता सुपरस्टारसँग अभिनय गर्न पाउनुलाई धेरै श्रद्धाको भाग्यको रुपमा हेरेका छन् । फिल्मको टीजरमा उनी निकै सुन्दर देखिएकी छिन् । केही दिनअघि सार्वजनिक भएको फिल्मको टीजरले दर्शकको मन जितिरहेको छ । तीनै वटा भाषाको उक्त टीजरले हालसम्म ८० मिलियन भन्दा बढि भ्यूज पाइसकेको छ ।

टीजरबाटै के अनुमान लगाउन सकिन्छ भने यो फिल्म निर्माणमा निर्माताले पानी बगाए झैं पैसा लगाएका छन् । यो फिल्मको बजेट हामीले अनुमान गरे भन्दा धेरै बढि पुगेको बताइन्छ ।

फिल्मको सम्पूर्ण कार्य सम्पन्न हुँदा यसको बजेट ३ सय करोड भारतीय रुपैयाँ (४ अर्ब ८० करोड रुपैयाँ) पुगेको छ । दुबईको बुर्ज खलीफाको छेउमा छायांकन गरिएको फिल्मको एउटा एक्सन सिनमै मात्र झण्डै २५ करोड भारु खर्च गरिएको बताइन्छ । यति बजेटमा त बलिउडका अर्का अभिनेता राजकुमार रावलाई लिएर एउटा फिल्म नै निर्माण गर्न सकिने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

अहिले क जिज्ञासा उठिरहेको छ भने ३ सय करोड भारु लगानी गरिएको फिल्मले आफ्नो लगानी चाहिं कसरी सुरक्षित गर्ला ? निर्माताहरुले केही न केही योजना त पक्कै बनाएका होलान् ।

त्यसो त बाहुबली अर्थात प्रभासमा कतिसम्म क्षमता छ भने उनी बक्स अफिसमा जस्तोसुकै धमाका मच्चान समेत सफल मानिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment