Comments Add Comment

‘घर’को सुखद व्यापार, निर्मात्री भन्छिन्–‘करोड ग्रस भयो’

साउनको ३ गतेबाट रिलिज भएको चलचित्र ‘घर’ले सुखद व्यापार गरेपछि निर्मात्री शर्मिला पाण्डे खुशी छिन् । नेपाली चलचित्र निर्माणमा सक्रिय पाण्डेले व्यापारिक सफलता यसअघिका चलचित्रबाट चाख्न पाएकी थिइनन् । तर, यसपटक कम बजेटमा बनेको हरर चलचित्रबाट उनले नाफा कमाउने देखिएको छ ।

शर्मिलाका अनुसार, यो चलचित्रले दोश्रो साताको शनिबारसम्म आइपुग्दा १ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको छ । दोश्रो साताको शनिबार पनि काठमाण्डौका अधिकांश मल्टिप्लेक्समा चलचित्र हेर्न दर्शकको चाप देखिएको वितरक करण श्रेष्ठले जानकारी दिएका छन् ।

नेपालमा हरर जनराको चलचित्रको क्रेज खासै छैन । ‘सुनकेशरी’बाट विग्रिएको बजार ‘घर’ले उठाउने अपेक्षा गरिएको थियो, जुन अपेक्षा पुरा भएको छ । अर्पण थापाको निर्देशनमा तयार भएको चलचित्रमा अर्पणका साथ बेनिशा हमाल, सुरक्षा पन्तको मुख्य भूमिका छ ।

निर्मात्री पाण्डेले भनिन्–‘चलचित्रले १ करोड ग्रस कलेक्शन गरेको छ । हरर चलचित्रमा पनि दर्शक भएको अनुभुती हामीले गरेका छौ ।’ शर्मिला अहिले नयाँ चलचित्र ‘आमा’ निर्माण गरिरहेकी छिन् । डीएस डिजिटलले यो चलचित्र निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment