+
+
Shares

फिल्म खेल्दै विपिन र स्वस्तिमा ?

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १२ गते १३:०१

वि.सं २०७५ सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’बाट नायक विपिन कार्की र नायिका स्वस्तिमा खड्का पुरस्कृत भए । विपिनले चलचित्र ‘प्रसाद’बाट अवार्ड पाएका थिए भने स्वस्तिमाले ‘बुलबुल’बाट अवार्ड आफ्नो पोल्टामा पारेकी थिइन् ।
दुबैले राम्रो अभिनय गरेकै कारण अवार्ड प्राप्त गरेका थिए । दर्शकले यी दुई कलाकारलाई एकसाथ पर्दामा पनि हेर्न चाहेका छन् ।

नायक विपिन कार्कीले पनि आफूलाई स्वस्तिमासँग काम गर्न मन लागेको सुनाएका छन् । उनले अनलाइनखबरसँग भने–‘स्वस्तिमासँग काम गर्ने मन भयो भनेर अरुसँग काम नै गर्न मन लागेन भनेको होइनँ । तर, पछिल्लो समय स्वस्तिमाले निकै राम्रो काम गरिरहेकी छिन् । त्यसैले उनीसँग काम गर्न मन लागेको हो ।’

नम्रता श्रेष्ठ, वर्षा राउत लगायतका नायिकासँग काम गरिसकेका विपिनले स्वस्तिमालाई पर्दामा जोडी बनाउने इच्छा व्यक्त गरेका छन् । यसैविच, विपिन र स्वस्तिमाले एकसाथ चलचित्रमा काम गर्न लागेको वुझिएको छ । वुझिएअनुसार, निर्देशक दिनेश राउतको निर्माणमा बन्न लागेको एक चलचित्रमा विपिन र स्वस्तिमाले काम गर्न लागेका हुन् । अहिले चलचित्रको कथामा धमाधम काम भैरहेको छ । तर, यस बिषयमा चलचित्रको निर्माण टिमले केही पनि खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?