Comments Add Comment

सुशिल र रुविना जब रोमान्टिक बने…

नायक सुशिल श्रेष्ठ र नव–नायिका रुविना थापालाई फिचरिङ गरिएको चलचित्र ‘लभ डायरिज’मा समावेश पहिलो रोमान्टिक नम्बर सार्वजनिक भएको छ । ‘सुन्यौ कि सुनिनौ’ बोलको गीतको भिडियोमा सुशिल र रुविनालाई रोमान्टिक देखाइएको छ ।

यो गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ । विक्रम लामा र एन्जिला खत्रीले कोरियोग्राफी गरेको यो भिडियोमा संजय लामाको छायांकन छ ।

संजयले रमणिय लोकेशनलाई क्यामेरामा गज्जबले कैद गरेका छन् । गीतको भिडियोको कोरियोग्राफी औषत छ । गीतको अडियो हिट हुनका लागि समय लाग्ने देखिन्छ । सौरभ चौधरीको निर्देशनमा तयार भएको यो चलचित्रका एसोसियट डिरेक्टर साहिल खान हुन् ।

चलचित्रमा विनोद सापकोटाको लगानी छ भने सरोज तुलाधर यसका सह–निर्माता हुन् । चलचित्रमा मिलन श्रेष्ठको सम्पादन, मधु बास्तोलाको कथा तथा पटकथा छ । यो चलचित्र असोजको ३ गतेबाट रिलिज हुँदैछ । चलचित्रले प्रेमको कथा भन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment