Comments Add Comment

नेइमारलाई राहत, बलात्कार अभियोगको छानबिन स्थगित

१४ साउन, काठमाडौं । प्रहरीले ब्राजिलियन फुटबलर नेइमारविरुद्ध लागेको बलात्कार अभियोगको छानबिन स्थगित गरेको छ । यसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेल्दै आएका नेइमारलाई राहत दिएको छ ।

प्रमाणको अभावमा मुद्दा निलम्बन गरिएको साओ पाओला महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । तर, अन्तिम निर्णयका लागि अभियोजनकर्ता कहाँ पठाइनेछ ।

ब्राजिलियन मोडल नाजिला त्रिन्दाजीले नेइमारमाथि बलात्कारको आरोप लगाएकी थिइन् । गत मेमा पेरिसमा एक होटलमा भेट्दा नेइमारले जबरजस्ती गरेको उनको आरोप थियो, जसलाई ब्राजिलियन फुटबलरले अस्वीकार गर्दै आएका छन् ।

नेइमारका प्रवक्ताले प्रहरीको निर्णयबारे प्रतिक्रिया दिन अस्वीकार गरेको एएफपीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment