Comments Add Comment

अभिभावकसँग यसकारण रुष्ट हुन्छन् बालबालिका

उमेर अनुसार बालबालिकाको व्यवहारमा पनि परिर्वतन आउन थाल्छ । बाल्यकालमा भएका धेरै स्वाभावहरु उमेर बढ्दै जाँदा स्वतः हराउँदै जान्छन् भने नयाँ स्व्ाभावहरु देखिन थाल्छन् ।

बाल्यवस्थामा खुशीसाथ रमाइ-रमाइ खेल्ने अनि रमाउने त्यही बच्चामा हुर्कदै जाँदा रिसाउने, र्झकने जस्ता स्वभावहरु देखिन सक्छ । यदि आफ्ना बच्चाले विद्रोही स्व्ाभाव देखाउन थाले भने समयमा नै सावधान हुन आवश्यक छ । अभिभावकहरुले आफ्ना सन्तानको मन भित्र किन त्यस्ता भावनाहरुको विकास हुँदैछ भन्ने कुरा बुझ्ने कोसिस गर्नु पर्छ ।

हालै गरिएको एउटा अनुसन्धानका अनुसार ठुलो संख्यामा वयस्क किशोर-किशोरीहरु हिजो-आज साइकोलोजिस्ट -मनोविद) कहाँ जान थालेका छन् । यसल अहिलेका टिनएजरहरु धेरै तनावग्रस्त छन् भन्ने प्रष्ट पार्छ । यस्तो स्थितिमा युवाहरु स्वयं आफुलाई हानि पुर्‍याउन समेत डर मान्दैनन् ।

आजका बालबालिकासँग उनीहरुको मनोरञ्जनका लागि मोबाइल, ल्यापटपदेखि राम्रा-राम्रा सुविधाहरु हुँदा-हुँदै पनि उनीहरुको मनमा आफ्ना अभिभावकप्रतिको रिस र जिन्दगीदेखि असन्तुष्टि किन ? भन्ने बारेमा प्रश्न उठ्न थालेकेा छ । हाम्रा बालबालिकामा अवश्य पनि केहि कुरा गलत भैरहेकोले यस्ता स्व्ाभावहरु देखा पर्न थालेका हुन् ।

हाम्रँ बालबालिकाको जीवनमा केहि न केहि आवश्यक कुरा नभएका कारण नै त्यस्तो भएको हुनसक्छ । जसमा आफ्नो परिवारसंग कम समय बिताउनु र सामाजिक सञ्जालमा धेरै समय रमाउनु सबैभन्दा महत्वपुर्ण कारण हो ।

केही समयअघि जब संयुक्त परिवारहरु थिए, त्यो समयमा परिवारका  सदस्यहरुले साथसाथै समय बिताउन, आफूलाई थाहा भएका नयाँ कुराहरुको जानकारी आदान-प्रदान गर्न, माया-प्रेम दर्शाउनका लागि कुनै पनि ग्याजेटमा निर्भर हुनु पर्दैन थियो । परिवारका सबै सदस्यहरुको आमने-सामने कुराकानी हुने गर्दथ्र्यो । तर आज बालबालिकाहरु एक्लै कोठामा मोबाइल र ल्यापटपमा हराई रहन्छन् । कति जनाले आफ्नो तस्वीर/पोस्टमा लाईक गरे ? के कमेन्ट गरे ? जस्ता कुराहरु उनीहरुको चासोको बिषय बनेको छ ।

अहिलेका बालबालिकालाई सानै उमेरदेखि भिन्दै कोठामा बस्न सिकाइन्छ, जहाँ उनीहरु कसैको रोकटोक बिना आफुलाई मन परेका कुराहरु गर्छन् । आफ्नो मनमा उठेका भावनाहरुको बारेमा आफ्ना आमा-बुबासँग होइन, साथीभाई अथवा सोशल मीडियामा शेयर गर्छन् ।

यदि तपाईले आफ्ना बालबालिकालाई मोबाइल अथवा ल्यापटप धेरै प्रयोग नगर्न भन्नु भयो भने उनीहरु तपाईसंग रिसाउन थाल्छन् । केवल एक्लोपना र सोशल मीडियाको प्रयोग मात्र बालबालिकाको आफ्ना अभिभावक प्रतिको रिसको कारण होइन । त्यस्ता धेरै कारणहरु छन्, जसले तपाईका बालबालिकालाई तपाईप्रति रिस उत्पन्न गराउन सहयोग गरिरहेको छ ।

बढ्दो रफ्तार

फेसन, जीवन शैली, करियर, शिक्षा जस्ता हरेक क्षेत्रहरुमा अहिले युवाहरुको रफ्तार तिव्र हुँदै गएको छ । उनीहरुलाई यो तिव्र रफ्तारमा नियंन्त्रण गर्न आउँदैन । युवाहरुले सडकमा गुडाएका तिव्र गतिका मोटर साइकल र घटनाको भयावह तस्वीरहरुले यीनै कुराहरुलाई प्रस्ट पार्छन् ।

उनीहरु जे सोच्छन्, त्यो गर्नै पर्छ भन्ने भावना विकास भएको छ । उनीहरु कुनै एउटा कुरामा केन्दि्रत हुनै सक्दैनन् ।

आजका युवाहरुको भित्र एक किसिमको संघर्ष चलिरहेको छ । अहिलेका युवाहरुमा आफु अरुभन्दा अगाडि हुने अथवा बढ्ने होडबाजी बढेको छ । यो स्थितिमा यदि उनीहरुको अभिभावकले कुनै कुराको लागि नाई भनेमा अथवा कुनै कुरामा सम्झाउन खोजे भने उनीहरुलाई पटक्कै मन पदैन । अभिभावकका कुरा उनीहरुको लागि उपदेश लाग्न थाल्छ ।

आमाबुबाको आशाको बोझ

प्रायः आमा-बुबा जीवनमा आफुले गर्न नसकेका अथवा बन्न नसकेका कुरा आफ्ना सन्तानबाट पुरा गर्न चाहान्छन् । तर हरेक व्यक्तिको आफ्नो क्ष्ँमता र चाहाना हुन्छ । त्यस्तो अवस्थामा जब आमा-बुबाले आफ्ना सन्तानलाई कुनै विशेष पढाई अथवा करियरको लागि दवाव दिए भने बालबालिका उल्झनमा पर्छन् । उनीहरु भावनात्मक र मानसिक रुपमा टुट्छन् ।

जसका कारण उनीहरु भ्रमित हुन थाल्छन् । अभिभावकले आफ्नो सन्तानको क्षमता कति छ भन्ने कुरा बुझ्नु पर्छ । यदि बच्चालाई संगीतमा  रुचि छ भने उसलाई डाक्टर बनाउन खोज्नु मुर्खता हुन्छ । यदि अभिभावकले आफ्ना सन्तानको रुचिलाई ध्यान दिएनन् भने उनीहरु अभिभावकबाट टाढा हुँदै जान्छन् ।

समय दिनु पर्छ

आजकल धेरै घरमा आमा-बुबा दुबै कामकाजी हुन्छन् । जसका कारण उनीहरु आफ्ना बच्चालाई पर्याप्त समय दिन सक्दैनन् । जसले गर्दा बच्चा मोबाइल र ल्यापटपप्रति आकषिर्त हुँदै जान्छ । आफ्ना आमाबुबासंग साथ रहने र समय बिताउने चाहाना हरेक बच्चाको हुन्छ । त्यसैले अभिभावकहरुले उनीहरुका लागि पनि केही समय छु्ट्याउनु पर्छ ।

साथीभाई संगको साथ

हुर्कदै गएका बालबालिकाको लागि आमा-बुबाभन्दा साथी-भाइको साथ रमाइलो र प्यारो लाग्छ । उनीहरुका धेरै वटा निर्णयहरु साथीभाइबाट प्रभावित हुन्छ । साथीभाइहरुसँग नै उनीहरुको धेरै समय बित्नुको साथै हरेक गोप्य कुरा शेयर हुन्छ ।

यदि यो स्थितिमा आमाबुबाले उनीहरुलाई आफ्ना साथीभाइसँग धेरै नमिल, नभेट भन्नु भयो भने तपाईको बच्चा तपाइसँग रिसाउन थाल्छन् । आमाबुबाले जति नै भने पनि उनीहरु आफ्ना साथीको साथ छोड्दैनन् तर आमाबुबाको साथ छोड्न तयार हुन्छन् ।

केटा अथवा केटी साथीको सम्बन्ध

यो उमेरमा विपरीत लिंगप्रति धेरै नै आकर्षण हुन्छ । त्यसो त आजकलका युवाहरु आफ्नो गर्लफ्रेन्ड अथवा ब्वायफ्रेन्ड हुनु भनेको उनीहरु आफ्ना साथीको सामु सम्माननिय हुनु पनि हो । यो उमेरका युवाहरु यस किसिमको सम्बन्धप्रति अति नै सम्वेदनशिल हुन्छन् । यदि आमाबुवाले उनीहरुलाई आफ्नो गर्लफ्रेन्ड अथवा ब्वायफ्रेन्डसँग भेट्न अथवा बोल्न रोक्दा आमाबुबा जतिको दुस्मन उनीहरुका लागि कोहि हुँदैन ।

छोराछोरीको ब्रेकअपमा

यो उमेरमा प्रायः युवाहरुको ब्रेकअप हुन्छ, जसले उनीहरुको मन तोडिन्छ । यो अवस्थामा उनीहरु मानसिक रुपले धेरै दुःखी हुन्छन् । यस स्थितिमा आमाबुबाले गरेको घोचपेचले पनि उनीहरु झन् उदास हुन्छन् र डिप्रेशनको शिकार हुन्छन् ।

उनीहरु आफ्ना अभिभावकसंग रिसाउँछन् भने अभिभावकलाई पनि आफुले छोराछारीको बारेमा राम्रो सोच्दा-सोच्दै पनि किन यस्तो व्यवाहार भन्ने सोच्छन् । जसका कारण अभिभावक र बच्चाबीच दूरी बढ्न थाल्छ ।

आफ्नो खुशीमा मात्र

युवाहरु जीवनमा असामान्य कुराहरु गर्न रुचाउँछन् । यस्तो गर्न उनीहरुलाई स्वम उनीहरुको साथीहरुले नै उक्साउँछन् । त्यस्ता युवा अरु भन्दा अगाडि रहन रुचाउँछन् । जसका कारण उनीहरु अल्कोहल, तिब्र गतिको ड्राइभिङ, कानून मिच्ने प्रकारका कामहरु, राम्रा राम्रा ग्याजेट्स पाउने कोसिस आदिमा रमाउन थाल्छन् ।

युवाहरु आफ्नो छुट्टै अस्तित्व होस् भन्ने चाहान्छन् । तर अभिभावकहरु आफ्ना छोराछोरीबाट ती सबै कुराहरु चाहादैनन् र रोक्ने कोसिस गर्छन् । जसको कारण छोराछोरीको आफ्ना अभिभावकसँग धेरै गुनासो रहन्छ ।

आफ्नो इच्छा अनुसारको काम 

अहिलेको युवाहरुलाई आफुले सोचेको, देखेको कुरा सहि लाग्छ । उनीहरु आफुलाई सबै कुरा थाहा भएको सोच्छन् । त्यस्तै अभिभावक पनि आफ्ना बच्चा अहिले सानै छन्, अहिले उनीहरुलाई संसारको सबै कुरा थाहा हुँदैन भन्ने सोच्छन् । जसमा दुवैमा आ-आफ्नो ठाउँमा आफू सही छु भन्ने सोचाई हुन्छ । अभिभावक र छोराछोरीबीचको आ-आफ्ना सोचाईका कारण विरोध हुनु स्वाभाविक हो ।

ग्ल्यामर र फेशन

अहिले फेशनका कारण पनि आमाबुबा र छोराछोरीबीच तनाव बढेको छ । अभिभावकहरु विशेष गरी आफ्नी छोरीले गर्ने फेशनमा कुनै पनि किसिमको छुट दिने पक्षमा हुँदैनन् । बिस्तारै उनीहरुबीच संवादमा पनि कमी आउन थाल्छ ।

हरेक क्षेत्रमा प्रतियोगिता

आजको समयमा जीवनको हरेक क्षेत्रमा प्रतियोगिता हुन्छ । बाल्यकालदेखि नै हरेक अभिभावकहरु आफ्ना सन्तान हरेक क्षेत्रमा अब्बल हुन् भन्ने अपेक्षा गर्छन् । उनीहरुको यहि स्वाभावका कारण बालबालिकाको जीवनमा सबैभन्दा ठुलो नकारात्मक पक्ष बन्न पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment